न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाकाे बीचमा नै मत चाेरीकाे काेसिस भइरहेकाे आराेप लगाएका छन्। बुधबार एक ट्वीट गर्दै उनले यस्ताे आराेप लगाएका हुन्।
‘हामी धेरै अगाडि छाैं तर उनीहरु चाेरीकाे प्रयासमा छन्। यस्तो हुन दिइनेछैन। मतदान समाप्त भएपछि मतदान हुन सक्दैन‚’ ट्रम्पले लेखेका छन्।
राष्ट्रपति ट्रम्पले अमेरिकी समयानुसार मंगलबार राति नै सम्बोधन गर्ने कार्यक्रम छ। उनी ह्वाइट हाउसबाट ४ सय सहभागीसहित चुनावी मतगणनाको नतिजा हेरिरहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।