न्यूयोर्क- डेमोक्र्याटिक पार्टीका राष्ट्रपतीय उम्मेदवार तथा भूतपूर्व उपराष्ट्रपति जो बाइडेनले डेलावेयर राज्यमा आफ्ना समर्थकहरूलाई केहीबेरअघि सम्बोधन गरेका छन्।
बाइडेनले आफू जितको बाटोमा अघि बढेको आफ्नो विश्वास रहेको बताएका छन्। उनले निर्वाचन मत परिणामप्रति आफू आशावादी रहेको पनि बताए।
उनले डेलावेयरमा बोल्दै निर्वाचनमा आस्था राख्दै आफूहरूको विजय हुने दावी पनि गरे। उनले भने, ‘जबसम्म अन्तिम मतको गणना हुँदैन, तबसम्म यो सकिँदैन।’
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी समयानुसार मंगलबार राति नै सम्बोधन गर्ने कार्यक्रम छ। उनी ह्वाइट हाउसबाट ४ सय सहभागीसहित चुनावी मतगणनाको नतिजा हेरिरहेका छन्।
चाेरीकाे काेसिस भइरहेकाे छ : ट्रम्प
ट्रम्पले भने मतगणनाकाे बीचमा चाेरीकाे काेसिस भइरहेकाे आराेप लगाएका छन्। बुधबार एक ट्वीट गर्दै उनले यस्ताे आराेप लगाएका हुन्।
‘हामी धेरै अगाडि छाैं तर उनीहरु चाेरीकाे प्रयासमा छन्। यस्तो हुन दिइनेछैन। मतदान समाप्त भएपछि मतदान हुन सक्दैन‚’ ट्रम्पले लेखेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।