अमेरिका– अमेरिकामा मतदान सकिएसँगै नतिजा सार्वजनिक हुन थालेको छ। नेपाली समय बिहान साढे ९ बजेसम्म जो बाइडन अगाडि छन्। बाइडेनले १३३ र ट्रम्पले ११५ इलेक्ट्रोरल मत प्राप्त गरेका छन्। तर फेरि पनि नतिजा राष्ट्रपति डोनाल्ड ट्रम्पकै पोल्टामा पर्ने सम्भावना अधिक भएको संकेतहरु देखिइरहेका छन्।
सवैभन्दा धरै ३८ इलेक्ट्रोल कलेज टेक्सासमा छ। यहाँ जित हासिल गर्नुको अर्थ लगभग चुनाव जित्नु जस्तै मानिन्छ। यहाँ सन् १९७६ देखि डेमोक्रेटिकले जितेका छैनन्। जसले धेरै मत ल्यायो, उसैले यी सबै इलेक्ट्रोरल कलेज प्राप्त गर्नेछ। ७० प्रतिशत मत गणना हुँदा ५० प्रतिशत ट्रम्पले पाएका छन् भने ४७ प्रतिशत बाइडेनको छ।
स्वीङ स्टेटका रुपमा मानिएको फ्लोरिडामा जित्ने चाहना हरेक उम्मेदवारको हुन्छ। किनभने यहाँ २९ इलेक्ट्रोल कलेज छन्। जहाँ यसअघि सन् २०१६ को निर्वाचनमा ट्रम्पले धेरै राम्रो मत ल्याएका थिए। उनले ५ लाख २६ हजार प्राप्त गर्दा प्रतिपक्षका उम्मेदवारले ३ लाख ३४ हजार मात्रै ल्याएका थिए। यसपल्ट बाइडेनले प्रशस्त सुधार गरे पनि जित हासिल गर्न मुस्किल पर्ने देखिन्छ। किनभने ९१ प्रतितशत मत गणना हुँदा ५० प्रतिशत ट्रम्प र ४७ प्रतिशत बाइडेनले प्राप्त गरेका छन्।

यसैगरी अर्को महत्वपूर्ण मानिएको जर्जियामा पनि ट्रम्पकै अग्रता देखिन्छ। ५९ प्रतिशत मत गणना हुँदा ५५ प्रतिशत ट्रम्प र ४३ प्रतिशत बाइडेनले प्राप्त गरेका छन्। हारजितका लागि महत्वपूर्ण मानिने १५ इलेक्ट्रोल भोट भएको नर्थ क्यारोलिनामा भने दुवै प्रतिस्पर्धीको कडा टक्कर देखिएको छ। ९२ प्रतिशत मत गणना भइरहँदा ४९ प्रतिशत ट्रम्प र ४८ प्रतिशत बाइडेनका पक्षमा मत खसेको छ।
यसैगरी १८ इलेक्ट्रोल कलेज भएको ओहियोमा पनि ट्रम्प नै अघि छन्। ८६ प्रतिशत मत गणना भइसक्दा ५२ प्रतिशत ट्रम्प र ४५ प्रतिशत बाइडेनका पक्षमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।