काठमाडौं–प्रधानमन्त्री केपी ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति दुःख व्यक्त गरेका छन्।
उनले दिवंगतप्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दै पूर्वसभामुख महरासहित शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
पूर्वसभामुख पत्नी सीता महराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।
यसैबीच, नेकपा अध्यक्ष प्रचण्ड आजै बिहान पूर्वसभामुख महरालाई भेट्न उनको निवास गएका थिए। स्वर्गीय महराको आजै पशुपतिमा अन्त्येष्टि गरिने छोरा राहुलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।