काठमाडौं–अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडन र वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा टक्कर देखिएको छ।
अहिलेसम्मको मत परिणाम अनुसार जो बाइडेनले १२९ इलेक्ट्रोरल मत जितेका छन्। राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्ट्रोरल मत आवश्यक पर्छ।
त्यस्तै ट्रम्पले १०९ इलेक्ट्रोरल मत जितेका छन्। तर पपुलर भोटमा भने ट्रम्प अगाडि देखिएका छन्। पपुलर भोटमा ट्रम्प बाइडेनभन्दा झण्डै १२ लाखले अगाडि छन् ।
ब्याटलग्राउण्ड राज्य फ्लोरिडामा ट्रम्प अगाडि छन्। तर सन् २०१६ को चुनावमा ट्रम्पले जितेको एरिजोनामा बाइडेन अगाडि छन् । एरिजोनामा ६५ प्रतिशत मत परिणाम आइसकेको छ। एरिजोनाबाट ११ इलेक्ट्रोरल मत प्राप्त हुन्छ।
कुनै बेला रिपब्लिकनको पकड रहेको जर्जिया अहिले ब्याटलग्राउण्ड भएको छ। जर्जियामा ५४ प्रतिशत मत परिणाम आउँदा ट्रम्प अगाडि देखिएका छन्। सन् २०१६ मा ट्रम्पले जितेको आयोवामा पनि बाइडेन अगाडि देखिएका छन् । पेन्सिलभेनियामा २७ प्रतिशत मतपरिणाम आउँदा ट्रम्प अगाडि देखिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।