न्यूयोर्क- एक एशिया अमेरिकी रिपब्लिकन समूहले आधिकारिक रुपमा डमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई समर्थन गरेको छ। उसले आफ्ना हजारौं सदस्यलाई जो बाइडनलाई भोट हाल्न अपिल गरेको छ।
जुन ग्रुपले सन् २०१६ मा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई मतदान गरेको थियो। तर यसपल्ट उसले बाइडन चुन्न अपिल गरेको हो।
ग्रुपले विज्ञप्ति जारी गर्दै भनेको छ, 'यो ठीकै थियो, सन् २०१६ मा हामीले ट्रम्पलाई भोट दियौं। त्यो बेला अधिकांश कन्जरभेटिबहरुले भोट दिएका थिए। हामी चाहन्थ्यौं कि एक बाहिरी व्यक्तिले प्रणाली उथलपुथल गर्ला। तर उनी पूरै प्रणाली ध्वस्त पारिरहेका छन्।'
बाइडनका धेरै नीतिमा सहमत नभएपछि परिवार, समाज र देशसँगै दुनियाँ दाउमा लागेका बेला बाइडनलाई समर्थन गर्न जरुरी भएको उसको भनाइ छ। विज्ञप्तिको अन्त्यमा भनिएको छ, 'बाइडनलाई भोट दिऔं, अमेरिका बचाऔं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।