काठमाडौं–धादिङमा स्कर्पियो दुर्घटना हुँदा घाइते भएका ५ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुलाई थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं ल्याइएको छ।
मंगलबार विहान धादिङबाट काठमाडौं आउँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कार्पियो नीलकण्ठ नगरपालिका ससाहमा करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले धादिङले जानकारी दिएको छ।
दुर्घटनामा परि मुक्तिनाथ बिकास बैकका मेनेजर सुरेन्द्र श्रेष्ठसहित पाँच जना घाईते भएका हुन्। घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।