काठमाडौं– सर्वोच्च अदालते बहसमा अदालतमा उपस्थित हुँदा मास्क तथा प्लास्टिक भाइजर लगाएरमात्रै उपस्थित हुन निर्देशन दिएको छ।
कोरोना भाइरस (कोभिड-१९) का कारण अदालतसमेत उच्च जोखिममा रहेको बताउँदै सर्वाेच्चले अदालतमा उपस्थित हुँदा मास्क र प्लास्टिक भाइजर अनिवार्य रुपमा लगाउनु पर्ने जनाएकाे हो।
त्यस्तै इजलासमा सुनुवाइका लागि पेश हुने रिट तथा निवेदनका विषयहरुमा पक्ष/विपक्षका तर्फबाट एक/एक जना प्रमुख कानुन व्यवसायी तथा एक/एक जना सहयोगीमात्र उपस्थित हुन पाइने सर्वोच्च अदालतले जनाएको छ ।
मंसिर १ गतेसम्म मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ बमोजिमका मुद्दाहरुको मात्रै सुनवाइ हुने र मंसिर २ गतेदेखि भने सबै किसिमका रिट निवेदनहरुको नियमित सुनुवाइ हुने सर्वोच्चले जनाएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।