काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गण्डकी प्रदेशका विभिन्न इकाईहरुको निरीक्षण गरेका छन्।
महानिरीक्षक खनालले नम्बर ४ मुक्तिनाथ बाहिनी पोखरा, नम्बर २३ मनकामना गण तनहुँ, नम्बर २४ कालिका गण पोखरा, हुल तथा दंगा ब्यवस्थापन तालिम शिक्षालय पोखरा तथा स्याङ्जा गुल्मसमेतको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा उच्च अनुशासन र इमान्दारिताका साथ राज्यले दिएको जिम्मेवारी पूरा गर्न आइजी खनालले निर्देशन दिए।
संगठनको आदेश र निर्देशनको पूर्ण पालना गर्न निर्देशन दिँदै खनालले भने, ‘एक व्यक्तिको बदमासीका कारण सिंगो संगठनको बद्नाम हुने हुँदा त्यस्तो कार्य गरेको पाइए कडा कारबाही हुन्छ।’

सशस्त्र प्रहरी कर्मचारीको सन्ततीको गुणस्तरीय शिक्षाका लागि क्षेत्रीय स्तरमा विद्यालयहरुको स्थापना र कर्मचारीको स्वास्थ्य उपचारका लागि क्षेत्रीय अस्पतालको समेत स्थापना गर्दै लगिएको बताए ।
कार्यक्षेत्रमा उच्च मनोबल र अविचलित रही कार्य गर्नसमेत आइजी खनालले निर्देशन दिए। निरीक्षणका क्रममा उनले क्वारेन्टाइन र आइसोलेसनमा रहेका कर्मचारीलाई समेत भेटेर नआत्तिन र आफ्ना कर्मचारीको स्वास्थ्य उपचारका लागि संगठनले सक्दो कार्य गर्ने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।