धनुषा–धनुषाको बटेश्वर गाउँपालिका ४ मा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ।
प्रहरी चौकी बटेश्वरका अनुसार आज बिहान माटोको ढिस्कोमा परी ३५ वर्षीय सुनिता देवी रविदाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनादेवी ठाकुर रहेकी छिन्। गम्भीर घाइतेको प्रादेशिक अस्पाल जनकपुरमा उपचार भइरहेको जनाइएको छ। दीपावलीका लागि घर लिपपोत गर्न खेतमा माटो लिने क्रममा ढिस्को खस्दा च्यापिएर सुनिता देवीको मृत्यु भएको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।