काठमाडौं-उपत्यकाको विद्युत वितरण प्रणाली चुस्त बनाउन भन्दै नेपाल विद्युत प्राधिकरणले गरिरहेको मर्मत सम्भारको कामका कारण जोरपाटी तथा कुलेश्वर वितरण केन्द्रका दर्जनभन्दा बढी स्थानमा मंगलबार बत्ती काटिने भएको छ।
प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रअन्तर्गत पर्ने मुलपानी स्विचिङबाट संचालित साँखु फिडरको मुलपानी-व्रह्मखेल सडक खण्डको पोल सिफ्टीङको काम भईरहेका कारण मंगलबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सटडाउन हुनेछ। उक्त फिडर अन्तर्गतका जोरपाटीदेखि साँखुसम्म बत्ती काटिनेछ।
त्यस्तै, प्राधिकरणले मंगलबार नै काठमाडौं ग्रिड महाशाखाको स्युचाटार सबस्टेशनमा जडित ११ केभि स्विचगीयर प्यानल बदली नयाँ जडान गर्ने तयारी गरेको छ। जसका कारण उक्त सबस्टेशनबाट वितरित कुलेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलंकी, थानकोट, कालिमाटी र तहाचाल फिडरमा बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत सेवा अवरूद्द भएको छ।
कालिमाटीदेखि स्वयम्भु र थानकोटसम्मका स्थान यी फिडरभित्र पर्ने भएकाले ती क्षेत्रमा आज बिहानैबाट सटआउट गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।