काठमाडौं–कालापानी र सुस्ताबाहेक अन्य क्षेत्रमा रहेका सीमासम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको ‘ज्वाइन्ट बाउन्ड्री वर्किङ ग्रुप’ (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको छ।
नेपालले अगष्ट महिनामै सो बैठक आयोजना गर्नका लागि प्रस्ताव गरे पनि मिति पनि भने तय भइसकेको थिएन। वार्ताका लागि नेपालले दुईवटा मिति प्रस्ताव गरेको छ। भर्चुअल बैठकको मोडालिटीका बारेमा कुराकानी भइरहेको छ।
नेपालको प्रस्तावलाई भारतले अध्ययन गरिरहेको र यही नोभेम्बर महिनामा नै बैठक गर्न भारत तयार भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । सो बैठकमा कालापानी र सुस्ताको विषयमा भने छलफल हुने छैन किनभने दुवै देशका नापी विभागले नेतृत्व गर्ने सो बैठकको म्यान्डेट प्राविधिक विषय हल गर्ने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।