नर्थ क्यारोलिनामा मतदानपछि अनिल मैनाली र लक्ष्मी शर्मा ।
काठमाडाैं–अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदान गर्ने अधिकारप्राप्त नेपालीभाषीको संख्या ५० हजार रहेको छ। यसबाहेक नेपाली अमेरिकन बाबुआमाबाट अमेरिकामा जन्मिएर मतदानका लागि योग्य भएकाहरुको संख्या पनि बढ्दो छ।
अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीको संख्या जम्मा २६१६ मात्र थियो। त्यसअघि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकी नागरिकता लिएका थिए। त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकी नागरिकता लिएका थिए।
तर, २००० यता भने अमेरिकी नागरिकता लिने नेपालीको संख्या बढ्दो छ। सन् २०१५ मा ४२२५ नेपालीले अमेरिकी नागरिकता लिए। २०१६ मा ५ हजार ४ नेपालीहरुले अमेरिकाको नागरिकता लिए। सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो। सन् २०१८ मा ५२५२ जना नेपालीले अमेरिकाको नागरिकता लिएका थिए भने २०१९ र त्यसपछि अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ७ हजारको हाराहारीमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।