काठमाडौं–प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्ता नै नआएपछि संसदीय सुनुवाइ कात्तिक २७ लागि सरेको छ। समितिले उजुरीकर्तालाई आजको बैठकमा बोलाएकोमा कोही पनि नआएपछि सुनुवाइ सरेको हो।
प्रस्तावित राजदूतहरु अमेरिकाका युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका निर्मलकुमार विश्वकर्माविरुद्ध चार उजुरी परेका छन्।
यसअघि समितिले तीन राजदूतविरुद्धका उजुरीकर्तालाई कात्तिक १७ गते बस्ने समितिको बैठकमा उपस्थित हुन सूचना जारी गरेको थियो। उजुरीका लागि कात्तिक १ गतेसम्मको समय दिइएकोमा ४ उजुरी परेका थिए।
प्रस्तावित राजदूत खतिवडाविरुद्ध ३ उजुरी परेका छन् भने एक उजुरी रेग्मीविरुद्धको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।