काठमाडौं–भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा सुनुवाइ गर्ने विशेष अदालतमा तीन न्यायाधीश परिर्वतन भएको छ।
विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी, सदस्यहरु कृष्ण गिरी र रवि शर्मा अर्याललाई सरुवा गरिएको छ । न्याय परिषदले उनीहरुको स्थानमा प्रेमराज कार्की,अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेलाई ल्याएको हो। कार्कीलाई अध्यक्ष र अन्यलाई सदस्यको रुपमा उच्च अदालतवाट सरुवा गरिएको हो।
अहिले विशेषमा बालेन्द्र रुपाखेती,शान्तिसिंह थापा र चन्द्रबहादुर सारु रहेका छन् । सरुवा भएका न्यायाधीशहरु विशेष अदालत हाजिर भएका छैनन्। आइतबारबाट अदालत खुलेकाले उनीहरु केही दिनमा हाजिर हुने अदालतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।