एजेन्सी–अमेरिकी राष्ट्रपति निर्वाचनका लागि ९ करोड ६० लाख मानिसले मतदान गरेका छन्। कोरोना महामारीका बावजूद पनि अधिकांश राज्यमा मतदाताहरु निर्वाचनपूर्वको मतदानमा सहभागी भएका छन्।
निर्वाचनपूर्वको मतदानमा हालसम्म सहभागीहरुको संख्या कूल मतदाताको ४३ प्रतिशत हो।
१६ राज्यमा आधा मतदाताले मतदान गरिसकेको निर्वाचन अधिकारीहरुले जनाएका छन्। अधिकांश राज्यमा निर्वाचनपूर्वको मतदानले रेकर्ड बनाएको छ। यसअघिका निर्वाचनपूर्वका मतदानमा भन्दा यसपटक बढी मानिस मतदानमा सहभागी भएका छन्।
शुक्रबारसम्म टेक्सास र हवाईमा सन् २०१६ मा झरेको मतभन्दा बढी मतदान भइसकेको छ भने वाशिङटन डीसी तथा अन्य ३५ राज्यमा सन् २०१६ मा झरेको कूल मतको आधा मतदान भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।