काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गाेदावरीमा निर्माण भइरहेकाे अन्तर्राष्ट्रिय सभाहलकाे निर्माण कार्यकाे निरीक्षण गरेका छन्।
आइतबार प्रधानमन्त्री ओलीले सभाहल निर्माणकार्यको निरीक्षण गरेका हुन्।
सभाहल निर्माण कार्यको निरीक्षणपछि प्रधानमन्त्री ओलीले आगामी माघ मसान्तसम्म निर्माण सम्पन्न भइसक्ने गरी कामलाई तीव्रता दिन निर्देशन दिए।
सभाहलमा एकैपटक ३ हजार जना मानिस अट्न सक्ने गरी बनाइँदै छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।