क्यूबेक- क्यानडाको क्यूबेक शहरमा अन्धाधुन्ध छुरा प्रहार हुँदा दुई जनाको ज्यान गएको छ। सोही घटनामा परी अरु पाँच जना घाइते भएका छन्।
स्थानीय समयअनुसार शनिबार राती प्राचीन पोशाकमा रहेका व्यक्तिले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीले स्थानीय बासिन्दालाई घर बाहिर ननिस्कन भनेको छ।
मध्यरातमा भएको घटनापछि एक युवालाई प्रहरीले पक्राउ गरेको छ। घटनाको अनुसन्धान जारी रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।