• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जापानबाट फर्केर कुखुरापालनमा

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १६, २०७७  ०८:४८
1140x725

बागलुङ–जापानबाट फर्केर बागलुङका दुई जनाले राजनीतिसँगै कुखुरापालन व्यवसाय गर्दै आएका छन्। विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय उनीहरु कुखुरापालन गरी अण्डा उत्पादनमा लागेका हुन्।

चार वर्ष साउदी अरबमा र छ वर्ष जापान बसाइपछि नेपाल आएका गलकोट नगरपालिका–५ हरिचौरका ललितबहादुर श्रीस र चार वर्षको जापान बसाइपछि फर्किएका बागलुङ नगरपलिकाका–२ बालमन्दिर रोडका इन्द्र केसीले अण्डा उत्पादनका लागि लेयर्स जातका कुखुरापालन गर्दै आएका छन्। दुवै जनाले हाल  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सक्रिय राजनीतिसमेत गर्दै आएका छन्। श्रीस नेकपाको गलकोट नगर कमिटीको अध्यक्ष र केसी नेकपा बागलुङ नगर कमिटीको सचिव हुन्। श्रीस र केसी पार्टीको बैठक, भेटघाट तथा जनगुनासो सम्बोधन गर्ने काममा व्यस्त त छन् नै, त्यससँगै समयको यथोचित व्यवस्थापन गरेर व्यावसायिक कुखुरापालन पनि उनीहरूको मुख्य कर्म हो।  

उमेरले ५१ वर्ष पुगेका श्रीसको जीवनमा अनेकौँ उतारचढाव आयो । राजनीति नै जीवन हो भन्दै आएका उनी केही समय राजनीतिबाट अलग भएर कहिले साउदी त कहिले जापान भौँतारिए। तर विदेशको बसाइ त्यागेर कृषिमा भविष्य देख्न थालेका उनले नेपाल फर्केर राजनीतिक जीवनलाई समेत सक्रिय बनाउन थाले। विसं २०६० मै स्वदेश आएर कृषि पेशा अँगालेका श्रीस पुनः कुखुरापालनसँगै राजनीतिमा सक्रिय भए। उनी २०३६ देखि विद्यार्थी राजनीतिमा लागेका थिए।  स्वदेशमै केही गर्ने सोचका साथ जापानजस्तो देशसमेत त्यागेर व्यावसायिक उत्पादनमा लागेका उनी अहिले गलकोटकै सफल कृषकका रूपमा परिचित छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै ४० वर्षका केसीले दुई वर्षअघिदेखि बागलुङ नगरपालिका–३ कृषिगाउँमा जिम्माल कृषि फार्म सञ्चालनमा ल्याएका छन्। तीनवटा ब्लकमा स्थापना गरिएको उनको फार्ममा हाल दुई हजार ५०० लेयर्स जातका कुखुरा छन्। अहिले दैनिक दुई हजारभन्दा बढी अण्डा उत्पादन गर्दै आएको केसीले बताए। हरिचौरमा प्रशस्त जग्गा रहेको श्रीसले त्यही जग्गामा सुन फलाउने लक्ष्यका साथ २०६१ देखि सुन्तला खेती, केही समय बाख्रापालन र अहिले अण्डा उत्पादनका लागि लेयर्स जातका कुखुरापालन गर्दै आएका छन्। ‘राजनीतिबाट सामाजिक जीवन चल्दै आए पनि आर्थिक जीवन चलाउन पहिले विदेश गएँ विदेशबाट आएर अहिले कृषि पेशामा लागेको छु”, श्रीसले भने।

अहिले उनको तरकारी टनेल तथा खुला जग्गामा भिन्डी, टमाटर, लौका र करेलालगायतका तरकारी उत्पादन भएका छन् । श्रीसले १० रोपनी क्षेत्रफलको जग्गामा ३०० किलोभन्दा बढी उत्पादन दिने सुन्तला, वार्षिक १२ क्विन्टल धुलो उत्पादन गर्दै आएको बेसारखेती र विसं २०७१ देखि श्रीस पोल्ट्रीमार्फत् लेयर्स जातका कुखुरापालन गरी अण्डा उत्पादन गर्दै आएका छन्। श्रीसले अहिले लगानी र ध्यान कुखुरापालनमै बढी लगाउँदै आएका छन्। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

चार हजार कुखुरा पाल्ने क्षमताको श्रीस पोल्ट्री फार्ममा अहिले  झण्डै तीन हजार अण्डा दिने कुखुरा छन् । पश्चिम बागलुङलाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कुखुरापालनमा आएको भन्दै हालसम्म रु एक करोड ३० लाख लगानी गरिसकेको र नाफाबाट आएको रकमसमेत लगानी गर्दै आएको श्रीसको भनाइ छ । 

फार्म र जग्गा व्यवस्थापनमा हालसम्म रु २५ लाख लगानी गरेका केसीले परीक्षणका लागि टर्की चरासमेत पाल्न सुरु गरेका छन्। अहिले उनको फार्ममा १२ वटा टर्की चरा छन्। 

उनले फार्मबाट मासिक रु चार लाख आम्दानी गरेको बताउँदै सबै खर्च कटाउँदा रु एक लाख बचत गर्न सकिने बताए। आम्दानी राम्रै भए पनि कुखुराको दाना महङ्गो हुँदै गएका कारण नाफा घट्दै गएको उनले बताए। व्यावसायिक उत्पादनमा नजोडिने हो भने राजनीतिक भविष्यसमेत अन्योलमा पर्ने भन्दै कुनै न कुनै अवस्थामा युवाहरु उत्पादनमा जोडिन आवश्यक रहेको उनको तर्क छ । अण्डामा आत्मनिर्भर गराउन धेरै युवा बागलुङमा अण्डाको व्यावसायिक उत्पादनमा लागेको भन्दै उनले विदेश जान खोजेका युवालाई समेत स्वदेशमै केही गर्ने गरी उत्प्रेरणा जगाउन आवश्यक रहेको बताए। रासस 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित करिब ७० प्रतिशत वेबसाइटमा प्रयोग हुने प्रोग्रामिङ भाषामा कमजोरी भेटिएपछि तत्काल सुरक्षा अपडेट गर्न आग्रह, जोखिम टार्न केही वेबसाइट अ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्