एजेन्सी–फ्रान्समा पुनः गोली प्रहारको घटना भएको छ। लियों सहरमा भएको गोली प्रहारमा एक ग्रीक अर्थोडक्स पादरी गम्भीर घाइते भएका छन्। घटनापछि आक्रमणकारी फरार भएको र पछि प्रत्यक्षदर्शीको बयानका आधारमा एक संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
निकोलस काकाभेलायकीस नामका ती पादरीको पेटमा २ गोली लागेको र उनको अवस्था गम्भीर भएको जनाइएको छ।
आक्रमणको उद्धेश्य हालसम्म स्पष्ट नभएको र यसबारे प्रशासनले अनुसन्धान सुरु गरेको बताइएको छ।
यसअघि दक्षिणी फ्रान्सेली सहर नीसमा एक चर्चमा भएको चक्कु आक्रमणमा ३ जना मारिएका थिए। उक्त आक्रमणलाई राष्ट्रपति इम्यानुअल म्याक्रोंले इस्लामी आतंकवादी आक्रमण भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।