एजेन्सी–मेक्सिकोमा एक पत्रकारको हत्या भएको छ। ४९ वर्षीय टेलिभिजन पत्रकार आर्टुरो अल्वा मेडिनाको चिहुआहुवा राज्यमा हत्या भएको हो।
स्थानीय जुआरेज टेलिभिजनमा समाचारसम्बन्धी कार्यक्रम समाप्त गरेको केही मिनेटमै उनलाई गोली हानी हत्या गरिएको हो। मेक्सिकोमा यसवर्ष मारिएका उनी छैटौं पत्रकार हुन्।
मेक्सिकोमा सन् २००० यता १ सयभन्दा बढी पत्रकारको हत्या भइसकेको छ। मेक्सिको पत्रकारका लागि सबैभन्दा बढी खतरनाक स्थानको रुपमा चित्रित गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।