डडेल्धुरा–कैलाली र डडेल्धुरामा २ लाख ५१ हजार नगदसहित ४० जुवाडे पक्राउ परेका छन्। कैलालीको जोशीपुर गाउँपालिका १ स्याउलेबाट २ लाख ५१ हजार ४ सय नगदसहित २९ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह आरआइटी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले जनाएको छ। पक्राउ पर्नेहरुमा अधिकांश स्थानीय व्यापारी छन्।
डडेल्धुरामा गएराति ८ बजे जिल्ला सदरमुकाम अमरगढी ५ मा रहेको मनोज सिजापतीको खाली घरमा जुवा खेलाई रहेको भन्ने गोप्य सुचनाका आधारमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको १३ जनाको प्रहरी टोलीले उक्त ठाउँमा गई छापा मार्दा ११ जुवाडेहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।