एजेन्सी–क्यानडाले आगामी ३ वर्षभित्र १२ लाख आप्रवासी भित्र्याउने भएको छ। संघीय आप्रवासन मन्त्री म्याक्रो मेन्डिसिनोले शुक्रबार ओट्टावामा बोल्दै सरकारले सन् २०२१ मा ४ लाख १ हजार, २०२२ मा ४ लाख ११ हजार २०२३ मा ४ लाख २१ हजार जनालाई स्थायी आवासको स्वीकृति दिने बताए।
‘क्यानडालाई अझै बढी कामदार आवश्यक छ, र आप्रवासनबाट त्यो पूर्ति हुन्छ,’ उनले भने।
उनले महामारीअगाडि सरकारले आप्रवासनमार्फत् अर्थतन्त्रलाई अगाडि बढाउने महत्वाकांक्षी लक्ष्य राखेको उल्लेख गर्दै उनले अब त्यो चुनौतीपूर्ण भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।