स्वीट्जरल्याण्डको बेन सहर
काठमाडौं–‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व सहर दिवस २०२० मनाइँदै छ। सहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ।
यस वर्ष कोभिड–१९ का कारण विश्व सहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ।
यस अवसरमा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध सहरीकरण भएकोमा जोड दिएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।