काठमाडौं– यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै शुक्रबार ग्यारेजका गाडी थन्काउनेहरुविरुद्ध सरकारले कारबाहीको तयारी थालेको छ। उनीहरुको रुट पर्मिट खारेजीका लागि प्रक्रिया अघि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ।
सिन्डिकेट कायम राख्न र यातयात समितिहरु खारेज नगर्न माग राख्दै शुक्रबार देशभरी यातायात ठप्प बनाएका छन्। यद्यपि विभिन्न कम्पनीमा दर्ता भएका बसहरु भने सञ्चालन भइरहेका छन्।
अत्यावश्यक सेवाको क्षेत्रमा आन्दोलन गरेकाले उनीहरुको रुट पर्मिट खारेजको प्रक्रिया अघि बढाइएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए। विभागले शुक्रबार गाडी नचलाउने यातायात समितिहरुकाे विवरण संकलन गरिरहेको छ।
आफ्ना स्वार्थका लागि गाडी नचलाउँदा देशभरि हजारौं यात्रुहरु मर्कामा परेका छन्। उनीहरुले २७ गतेदेखि अनिश्चितकालीन गाडी थन्काउने निर्णय गरेका छन्। सरकारले वार्तामा बोलाउँदा पनि उनीहरु गएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।