बैतडी- बैतडीमा ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका–८ का ५ वर्षीय आयुष बिष्टको ट्रयाक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै हजुरआमाको काखमा बसीरहेका बालक एक्कासी से१त ८५७ नम्बरको ट्रयाक्टरबाट खसेको बताइएको छ।
घटनापछि ट्रयाक्टर र चालक दिपक लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।