काठमाडौं–म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप आज दिउँसो कालीगण्डकीमा खस्दा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो।
रघुगंगा गाउँपालिका–६ ढाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ८९६ नम्बरको जिप बेनी–गलेश्वर सडकखण्डमा पर्ने बेनी नगरपालिका–८ जलेश्वरमा शुक्रबार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो। जिप सडकबाट कालीगण्डकी नदी किनारमा खसेको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरुमा रघुगंगा गाउँपालिका–६ ठाडाखानीका वसन्त छन्त्याल, सोही ठाउँका जिप चालक नन्द छन्त्याल, कौसभा पाइजा, ठगकुमारी शेरपुर्जा, सिर्जना शेरपुर्जा, दीवा शेरपुर्जा, इच्छा शेरपुर्जा, दिक्षा शेरपुर्जा र बेनी नगरपालिका, ८ बस्ने दलप्रसाद गौचन रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।