काठमाडौं– रिक्त पदाधिकारी चयनका लागि आज नेपाली कांग्रेसका निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ।
उपसभापति, महामन्त्री र सहमहामन्त्री चयनका लागि शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो।
गत बैसाख १७ गतेको लागि बोलाइएको बैठक रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरको विरोधपछि स्थगित गरेर आजका निम्ति बोलाइएको थियो।
कांग्रेसमा महाधिवेशन भएको २ महिनाभित्र चयन गरिसक्नुपर्ने पदाधिकारी २६ महिनासम्म पनि चयन हुन सकेको छैन। ढिलो पदाधिकारी चयन गर्दै गरेका र आफूहरूसँग सहमति पनि नगरेको भन्दै पौडेल र सिटौला पक्षधर आक्रोशित छन्।
यद्यपि, सभापति देउवा पक्षधरले यसबीच सहमतिको प्रयास पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।