काठमाडौं- फ्रान्सको नीस शहरमा एक आक्रमणकारीले अन्धाधुन्द चक्कु प्रहार गर्दा कैयौं मानिस घाइते भएका छन् भने दुई जनाको ज्यान गएको छ।
नीसका मेयर क्रिश्चियन एस्ट्रोसीले यो घटनामा संलग्न भएको आशंकामा एक जना व्यक्ति पक्राउ परेको बताए।
‘यो यस्तो प्रकारको हमला हो कि यसले आतंककारी आक्रमणको संकेत दिएको छ’, मेयर एस्ट्रोसिले भने।
नीस भू-मध्य सागरको किनारमा रहेको फ्रान्सको एक प्रमुख सहर हो। स्थानीय प्रशासनले आम मानिसलाई फ्रेन्च रिवेरा सिटी क्षेत्रमा जानबाट बच्नअपिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।