काठमाडाैं–बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापा कन्काई नगरपालिका ३ का ५५ वर्षीय राजेन्द्र प्रसाद प्रसाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
फरक–फरक व्यक्तिको जाहेरीले दर्ता भएका २ वटा बैंकिङ कसूर मुद्दामध्ये पहिलोमा उच्च अदालत बिराटनगरको २०७६ पुस १४ गतेको फैसलाले १ महिना कैद र २५ लाख रुपैयाँ तथा दोस्रो मुद्दामा सोही अदालतको २०७६ पुस २१ गतेको फैसलाले १ महिना कैद र ९० लाख रुपैयाँ जरिवाना ठहर भई उनी फरार रहेका थिए।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घर ठेगानामा फेला पारी प्रसाईंलाई पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत झापामा उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।