काठमाडौं–प्रहरीले कपिलवस्तु र बझाङबाट २२ जुवाडेलाई पक्राउ गरेको छ।
कपिलवस्तुको बाणगंगा नगरपालिका ८ मध्य बनगाईबाट तास खलिरहेको अवस्थामा सोही नगरपालिका(७ कोईली बनगाईका ४३ वर्षीय सन्तोष गिरीलगायत १२ जनालाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो। तास खेलिरहेको भन्ने खबर पाएपछि ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७५ हजार ८ सय ५० रुपैयाँ सहित पक्राउ गरेको हो ।
यसैगरी, बझाङ, जयपृथ्वी नगरपालिका(४ गोलाईस्थित सिन्केडाँडा बस्ने दिपकबहादुर सिंहको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँस्थित गोलाई बस्ने ३२ वर्षीय गगन खातीलगायत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । दिपकको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई ७० हजार ७ सय ३० रुपैयाँ र १ गड्डी ताससहित पक्राउ गरेको छ । फरारको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।