काठमाडौं–काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका हुन थालेका छन्। अहिले उपत्यकामा प्रत्येक दिन २ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन्। यो हप्ता लगातार उच्च विन्दुमा काठमाडौंमा संक्रमित थपिएका छन्। देशभरका संक्रमितको करिब ७० प्रतिशत काठमाडौं उपत्यकामा भेटिन थालेका हुन्।
काठमाडौंमा संक्रमित पुष्टि भएकाहरुको संख्या ५८ हजार नजिक छ। यसरी थपिएकामध्ये अधिकांश काठमाडौ महानगरभित्रका धेरै छन्। महानगरमा काठमाडौका करिव ४५ प्रतिशत संक्रमित रहेका छन्। ५७ हजार संक्रमितमध्ये महानगरपालिकामा मात्र २२ हजारभन्दा बढी छन्। महानगरमा कात्तिक ९ गतेसम्म कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७५ पुगेको छ। १ सय भन्दा धेरै पहिचान नखुलेका संक्रमित छन् भने ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ। महानगरका सवै वडामा संक्रमित संख्या एक सयभन्दा माथि पुग्न लागेको छ। सबै वडाका संक्रमितले ज्यान गुमाइरहेका छन्।
९० प्रतिशत संक्रिय संक्रिमत होम आइसोलेनमा
महानगरका सबै वडामा संक्रमण फैलिइसकेको छ। महानगरको स्वास्थ्य शाखाका अनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको छ। कात्तिक ९ गतेसम्मको तथ्यांक अनुसार महानगरमा ९ हजार २ सय १६ जना सक्रिय संक्रमित छन्। तीमध्ये ८ हजार ३ सय ५८ जना होम आइसोलेसनमा छन्। यो कुल संक्रमितको ९१प्रतिशत हो।
यस्तै, अस्पतालमा ५ सय ५७ जना संक्रमित छन् भने संस्थागत आइसोलेसनमा ३ सय १ जना रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।
हालसम्म महानगरमा १३ हजार ६ सय २३ जना संक्रमणमुक्त भएका छन्। महानगरले ३२ हजार ४ सय ४२ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ। तीमध्ये १० प्रतिशत अर्थात् ४ हजार ५ सय ४९ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
यी हुन् महानगरका हटस्पट
काठमाडौं महानगरका ३० वटा वडामा २ सयभन्दा बढी संक्रमित छन्। सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा छन्। स्वयम्भुमा १६ सय ६० जनामा संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ। सँगै रहेको वडा नं १६ बालाजुमा १७ सय ५९जनामा संक्रमण पुष्टि भएको छ। यहाँ ७ जना संक्रमितले ज्यान गुमाएका छन्।
२०० भन्दा धेरै संक्रमित भएका वडाहरु, कहाँ, कति ?(कात्तिक ९ सम्मको तथ्यांकका आधारमा)
- वडा नं १ नक्साल ४१२, मृत्यु २
- वडा न. २ लाजिम्पाट ३०८, मृत्यु ३
- वडा नं ३ महारागञ्ज ११७५, मृत्यु २
- वडा नं ४ धुम्वाराही ८९९, मृत्यु ११
- वडा न. ५ हाँडीगाउँ ४४५, मृत्यु ६
- वडा नं ६ बौद्ध ७१९, मृत्यु ९
- वडा नं ७ मित्रपार्क ९१२, मृत्यु ६
- वडा नं ८ जयवागेश्वरी ४६२, मृत्यु ३
- वडा नं ९ गौशाला १०६६ मृत्यु २
- वडा नं १० बानेश्बर ११२५, मृत्यु ५
- वडा नं ११ त्रिपुरेश्वर ८४९, मृत्यु ५
- वडा नं १२ टेकु ३१५, मृत्यु ४
- वडा नं १३ कालिमाटी १०३५, मृत्यु ४
- वडा नं १४ कलंकी १४११, मृत्यु ४
- वडा नं १५ स्वायम्भु १६६०, मृत्यु ९
- वडा नं १६ बालाजु १७५९, मृत्यु ७
- वडा नं १७ खुसीबुँ ५०२, मृत्यु ६
- वडा नं १८ नरदेवी १५२, मृत्यु १
- वडा नं २० भीमसेनस्थान २३०, मृत्यु ५
- वडा नं २१ लगन २३०, मृत्यु ४
- वडा नं २३ ओमबहाल २१७, मृत्यु ३
- वडा नं २४ मखन १४०, मृत्यु ०
- वडा नं २५ नःघल २८१, मृत्यु ५
- वडा नं २६ लैनचौर ९८२, मृत्यु ३
- वडा नं २७ इनबहाल ४३५, मृत्यु ४
- वडा नं २८ बागवजार ६५९, मृत्यु १
- वडा नं २९ डिल्लीबजार ८२७, मृत्यु १
- वडा नं ३० ज्ञानेश्वर ४७२, मृत्यु ५
- वडा नं ३१ शान्तिनगर ९९४,मृत्यु २
- वडा नं ३२ कोटेश्वर १४८३, मृत्यु ३
- नखुलेको १३४
कुन वडामा कति संक्रमित ? (कात्तिक ९ गतेसम्मको तथ्यांकका आधारमा )
- वडा नं १ नक्साल ४१२, मृत्यु २
- वडा न. २ लाजिम्पाट ३०८, मृत्यु ३
- वडा नं ३ महारागञ्ज ११७५, मृत्यु २
- वडा नं ४ धुम्वाराही ८९९, मृत्यु ११
- वडा न. ५ हाँडीगाउँ ४४५, मृत्यु ६
- वडा नं ६ बौद्ध ७१९, मृत्यु ९
- वडा नं ७ मित्रपार्क ९१२, मृत्यु ६
- वडा नं ८ जयवागेश्वरी ४६२, मृत्यु ३
- वडा नं ९ गौशाला१०६६, मृत्यु २
- वडा नं १० बानेश्बर ११२५, मृत्यु ५
- वडा नं ११ त्रिपुरेश्वर ८४९, मृत्यु ५
- वडा नं १२ टेकु ३१५, मृत्यु ४
- वडा नं १३ कालिमाटी १०३५ , मृत्यु ४
- वडा नं १४ कलंकी १४११, मृत्यु ४
- वडा नं १५ स्वायम्भु १६६०, मृत्यु ९
- वडा नं १६ बालाजु १७५९, मृत्यु ७
- वडा नं १७ खुसीबुँ ५०२, मृत्यु ६
- वडा नं १८ नरदेवी १५२, मृत्यु १
- वडा नं १९ कंकेश्वरी १४१, मृत्यु १
- वडा नं २० भीमसेनस्थान२३०, मृत्यु ५
- वडा नं २१ लगन २३०, मृत्यु ४
- वडा नं २२ संकटा १९८, मृत्यु ४
- वडा नं २३ ओमबहाल २१७, मृत्यु ३
- वडा नं २४ मखन १४०, मृत्यु ०
- वडा नं २५ नःघल २८१, मृत्यु ५
- वडा नं २६ लैनचौर ९८२, मृत्यु ३
- वडा नं २७ इनबहाल ४३५, मृत्यु ४
- वडा नं २८ बागवजार ६५९, मृत्यु १
- वडा नं २९ डिल्लीबजार ८२७, मृत्यु १
- वडा नं ३० ज्ञानेश्वर ४७२ , मृत्यु ५
- वडा नं ३१ शान्तिनगर ९९४ , मृत्यु २
- वडा नं ३२ कोटेश्वर १४८३, मृत्यु ३
- नखुलेको १३४
कूल
- मृत्यु् १२९
- कुल संक्रमित २२९७५
- होम आइसोलेनमा ८३५८
- संस्थागत आइसोलेनमा ३०१
- अस्पतालमा ५५७
- कन्ट्याक्ट ट्रेसिङ ३२४४२
- संक्रमणमुक्त १३६३०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।