बर्दिया- बर्दियामा पाटेबाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ। भारतको कर्तनियाघाट बनविहार तथा बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविकमार्ग मधुवन नगरपालिका-३ धनौरामा अवस्थित बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गर्दा दुईजना स्थानीय युवाको मृत्यु भएको हो।
पाटेबाघको आक्रमण गर्दा मधुवन नगरपालिका-३ का २९ वर्षीय उमेश चौधरी र २६ वर्षीय दिनेश चौधरीको मृत्यु भएको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र बाग्लेले बताए।
बिहानैदेखि हराएका उमेशलाई केही साथीसँग सामुदायिक वनमा खोज्न गएका बेला दिनेशलाई बाघले आक्रमण गरेको थियो। सँगै गएका साथीहरु उनलाई बाघले आक्रमण गरेपछि गाउँमा आएर होहल्ला गरी सुरक्षाकर्मी सहितको टोली वनमा पुगेका हुन्।
खाताजैविक मार्गमा एकसाता अघि घाँस काट्न गएकी सोही निवासी २९ बर्षीया गंगा खत्रीको बाघको आक्रमणमा परी मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।