काठमाडौं- पाकिस्तानको एक मदरसामा बम विस्फोट भएको छ। केही बेरअघि बिबिसी हिन्दीमा प्रकाशित समाचार अनुसार ७ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।
घटनास्थलमा रहेका एक अधिकारीले बिबिसीलाई बताएअनुसार मृत्यु हुनेमा अलगअलत उमेरका बच्चा समेत छन्।
हमला पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पर्ने पेसावर सहरमा भएको हो।
अहिलेसम्म यो हमलाको जिम्मेवारी कसैले लिएको छैन। घटनाको अनुसन्धान सुरु गरिएको पाकिस्तानी प्रहरीले जनाएको छ।
प्रहरीले बिबिसीलाई बताए अनुसार विस्फोट स्थानीय समयाअनुासर बिहान साढे ८ बजे भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।