काठमाडौं-स्याङ्जा वालिङ-१४ स्थित तमादीमा गएको पहिरोमा ज्यान गुमाउने र विस्थापित परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन्।
रोजगारीका लागि स्याङ्जाबाट विदेशमा रहेकाहरुको संस्था स्याङ्जा सहयोग समाजले दुई लाख ३० हजार रकम सहयोग गरेको हो। दक्षिण कोरिया,स्पेन,पर्चुगल लगायतका देशबाट सहयोगको अधिकांश रकम संकलन भएको थियो।
पहिरोमा ज्यान गुमाउने माया नेपालीको परिवारलाई एक लाख १० हजार र विस्थापित चार परिवारलाई ३० हजारका दरले आर्थिक सहयोग गरिएको हो। रकम हस्तान्तरणको संयोजन वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले गरेका थिए।
असोज ७ मा गएको पहिरोमा परि एकै परिवारका नौ जनाको ज्यान गएको थियो। ज्यान गुमाउनेहरुमा पाँच वर्षीय बालक कविर नेपालीसहित घरधनी ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, १४ वर्षीय विक्रम नेपाली, २१ वर्षीय कुलदिप नेपाली, ९ वर्षीय विवश नेपाली, १६ वर्षीया विनिता नेपाली, ३० वर्षीय दीपक नेपाली र ६० वर्षीया सानी नेपाली थिए्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।