• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कथा : एक अज्ञात यात्रा

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २१, २०७५  ००:५०
1140x725

'महेन्द्रनगर, महेन्द्रगर, महेनगर, महेगर... …'

यसरी सहचालकले महेन्द्रनगर जाने गाडीमा आफ्नो भूमिका निर्वाह गर्दै गयो। ऊ स्वयंलाई थाहा नहुँदो हो, उसले महेन्द्रनगर शब्दको उच्चारण कसरी बिगार्दै गएको छ भनेर। मैले सोचेँ, जिन्दगीको गाम्भीरताले पनि पटक-पटकको पुनरावृत्तिपछि फिक्कापनको रुप धारण गर्छ, या भनौं यसको अस्तित्व पातलिँदै जान्छ एउटा सानो बेवास्ताले पनि। महेन्द्रनगर महेगर भए जस्तै।

आँखा जब लामो यात्रामा निस्किएका गाडीमा पुग्थ्यो, दिमागमा यात्राका अनेकौं किस्सा सञ्चार भैहाल्थ्यो तुरुन्तै। अक्सर यात्रापछि फकिर बन्थेँ म। साथीहरु नैनिताल गएको किस्सा सुनाउँथे, बडो डोज दिएर। मानौं, म नैनिताल गइनँ भने जिन्दगीले मोक्ष प्राप्त गर्नेछैन। 

मलाई नैनिताल जाने झोँक चल्यो। साथीहरुलाई एक हप्तासम्म डोज दिनु पनि थियो। खल्ती छामेँ, खल्तीले हुन्छ भन्दै सहमति जनायो। नैनितालको लागि महत्वपूर्ण कुरा चाहिँ महेन्द्रनगर पुग्नु थियो। त्यो सहचालक भाइकहाँ पुगेँ।

'भाइ, महेन्द्रनगर जान्छ?'

'गैहाल्छ नि दाइ। महेन्द्रनगर मात्र होइन, दाङ, कोहलपुर ,कैलाली पनि जान्छ', भाइले एकछिन ठट्टा गर्यो ।

'भाइको नाम के हो नि?'

'रुपेश हो दाइ। अरु कुरा पछि गरम्ला, पहिला टिकट लिइहाल्नुस्।'

Ncell 2
Ncell 2
nimb
nimb

मेरो टिकट काटियो।
बस नं. - ना ६ ख ७७…। सिट नं …।

म चढे लगत्तै गाडी हुइँकियो र थानकोट पुगेर ब्रेक लगायो। झस्किएँ। कल्पनामा नैनिताल पुगेर किस्सा सिर्जना गर्दै थिएँ। कल्पनाले दाबी गर्दै थियो, नैनिताल पुग्छु भन्ने कुराको।

थानकोटबाट एउटी केटी बसमा चढी। उसको कपाललाई हावाले मज्जाले जिस्क्याइरहेको थियो। सुरुमा कपालले नै मेरो आधा ध्यान खिच्यो र बाँकी उसको सुन्दरताले। म मुस्कुराएँ र प्रत्युत्तरमा ऊ पनि मुस्कुराई। एउटा चिरपरिचित जस्तो मुस्कान। मानौं यो केटीसँग मेरो पुरानो चिनजान छ र केही पल हामीले सँगै बिताएका छौं। 

एक मनले आफैंलाई कटाक्ष गर्‍यो-'ओए! राम्री केटी त देख्नै हुन्न। पहिल्यै चिने जस्तो, पहिले देखे जस्तो लागिहाल्छ है तँलाई?' 

Xtrem

Xtrem

अर्को मनले उत्तर दियो- 'साथीहरु केटीसँग एकैछिन भेट्दैमा मात्र पनि साँझ कोठामा आएर लैला-मज्नु र फ्रायडवादका प्रसंग जोडेर सुनाउँथे, मैले यति सोच्नु के अपराध भयो र?' 

म बसेको ठाउँमा झ्यालतिरको सिट खाली हुनु, केटी त्यही सिटमा बस्न आउनु, मैले उसलाई त्यतातिर जान सहज पारिदिनु जस्ता घटना निमेषभरमै भयो। मतिर हेरिरही, केही बोलोस् भनेर। सायद मेरो यो भ्रम मात्र पो हो कि!

म बोल्ने बहाना खोज्दै थिएँ। बहाना भेटिएर मात्र पनि नहुने, हिम्मत पनि चाहिने। चट्टान फोर्नु जस्तै बडो कठिन लाग्यो यति सानो कुरो पनि।

'अरु बेला यात्रा गर्दा सिटनेर एउटी केटी भैदिएको भए मैले जानेको थिएँ भन्थिस् त, तैंले जानेको भनेको यही हो?', मनले गिज्यायो आफैंलाई। मैले मनलाई यसो पनि भन्न सकिनँ, 'केटी खासै ठीक लागेन। मन नै गएन हो उसमा त।' 

खासमा त बोल्ने उपाय खोज्दाखोज्दै छटपटाइरहेको थिएँ। 

'के भयो तपाईँलाई? अलि सन्चो छैन हो?' ऊ आफैं बोली।

'होइन होइन, त्यस्तो केही छैन', म अलि आत्तिएर बोलेँ।

'ढुक्क भएर बोल्नुभए हुन्छ', उसले अगाडि भनी।

ऊ त मेरो मनोभाव बुझेकी जसरी पो बोली। मानौं मलाई पहिल्यैदेखि चिन्छे। खैर, म बोल्न सकेन भनेर उसलाई यसरी व्याख्या गर्नु पनि ठीक होइन।

'सुन्नु न, तपाईं कहाँ जान लाग्नुभाको? खास केका लागि जान थाल्नुभो? अनि तपाईँको नाम के हो?' मेरो ढुक्कपन यसरी टुक्रे प्रश्न बनेर अवतरण भयो। 

'तपाईँले त अन्तर्वार्ता लिन थाल्नुभो कि क्या हो?' उताबाट सोधियो।

'होइन,प्रश्नहरुको भण्डार एकैपटक फुकाको हो र पोखिन्छ्न् कि भन्ने डरले एकैपटक सोधेको।'

खासमा म आत्तिएको थिएँ भन्नु जरुरी लागेन। सायद ऊ अलि सहज भई या भए जस्तो गरी।

'मेरो नाम स्मिता हो', उसले यति मात्र जवाफ फर्काई।

'अनि अरु जवाफ दिनुभएन त?'

'तपाईँका अरु प्रश्नको आयु निकै कम थियो।'

म अवाक् भएँ।

'प्रश्नहरुको पनि आयु हुन्छ र?'

'तपाईं कहिले मर्नुहुन्छ, यो सबै भन्दा कम आयु भएको प्रश्न हो।'

'अनि जवाफको चाहिँ?' म ऊभन्दा एक कदम अगाडि बढ्न खोजेँ।

'हुन्छ नि, तपाईं एकदिन मर्नुहुन्छ, सबैभन्दा लामो आयु भएको जवाफ हो।'

मलाई आयुमा अल्झिनु थिएन। ´टपिक` चेन्ज गर्न खोजेँ।

'अनि जिन्दगी के हो जस्तो लाग्छ, प्रेम के हो जस्तो लाग्छ नि तपाईँलाई?' 
मेरा प्रश्नहरुले लय गुमाएका थिए।

'तपाईँको यो प्रश्न सुन्दा लाग्यो कि हामी नारायणघाट नै नपुगी बुटवलबाट यात्रा गर्दै छौं।'

म मुस्कुराएँ। उसको भाषामा भन्ने हो भने निकै कम आयुवाला मुस्कान।

उसले के सोची होला भन्ने मैले सोचिनँ। 

'जिन्दगीको अवधि सकियो भने जिन्दगी थाहा हुने हो। मैले कुनै बेला जीवन गुजारिसकेको थिएँ भने बल्ल यसको उत्तर दिन सक्ने थिएँ।'

ऊ किन यसरी सहज भइरहेकी छे, शंका लाग्न थाल्यो। मानौं पहिलेदेखि नै म भेटिनेछु र प्रश्नहरु तत् प्रकारका रहनेछ्न् भन्ने कुराको पूर्वजानकारी छ उसलाई। सधैं सोचे जस्तो हुँदैन भन्ने सामान्य आन्तरिक लजिकले म कुरामा फर्किएँ।

'भनेपछि तपाईं सक्नुहुन्न?'

'होइन, सक्छु। तपाईँ जस्तै मान्छे थिएँ कुनै बेला।'

मैले यो जवाफलाई उसले जिस्क्याएकी हो भनेर अड्कल लगाइदिएँ। 

'मतलब झुसिलकिराको जिन्दगी थाहा पाउन पुतली हुनुपर्ने हो?'

'त्यो कुरा पुतलीलाई गएर सोध्नुस्।'

ऊ हरेक कुराको जवाफ यही कोणमा दिन्थी। म भने ऊ मसँग जिस्किएको अड्कल लगाउँथेँ पटक-पटक। या भनूँ दाबी गर्थेँ। अड्कल दोहोर्‍याउनु भनेको दाबी गर्नु हो।

यो दाबी गर्नुको विकल्प थिएन। यात्रा सहज बनाउनु पनि त थियो।

'अनि प्रेमको बारेमा बोल्नुभएन त!'

'हाम्रो प्रेम फलाम र खिया जस्तो थियो। यस्तो अस्वाभाविक जवाफ दिन मनले अनुमति दिएन। त्यसैले नभनेकी।'

'के हो यो फलाम र खिया जस्तो?'

'म खिया थिएँ, मेरो प्रेमी फलाम थियो र हाम्रो प्रेम हुनु भनेको फलाममा खिया लाग्नु जस्तै थियो। तर, 8ले फलामबाट खिया हटाउन खोज्छ। फलामको लागि अवरोध ठान्छ। यो बुझ्दैन कि खिया लाग्छ भन्ने डरका कारण फलामले कति प्रेम र जतन पाउँछ। सधैं जोगाएर राखिन्छ। फलाममा खिया उपेक्षित हो। म भने अपेक्षित हुन चाहन्थेँ।'

मैले उसले भनेको कुरा बुझेँ जस्तो गरेँ। कुराकानी बढ्दै गयो। दूरी घट्दै गयो। उसले बीच-बीचमा आफ्नै ठाने जस्तो भाव देखाउँथी।

बेलाबेलामा झ्यालबाट हावा आइपुग्थ्यो उसको कपाललाई जिस्क्याउन। उसको कपालले मेरो अनुहार सुम्सुम्याउँथ्यो। उसले थाहा पाउँथी, एकछिनमा कपाल सम्हाल्थी र लगत्तै मलाई हेर्थी। एकैछिनमा चिन्तित भए जस्तो देखिन्थी। मलाई भने उसको कपालले मेरो अनुहार बढारेर अनुहारमा चमक थपे जस्तो लाग्थ्यो। 

कपाल उडाएर ल्याएको हरेक चोटि ऊ मलाई हेर्थी र एकछिनमा चिन्तित भइहाल्थी। केको चिन्ता भन्नेतर्फ म लागिनँ। 

यो बीचमा हामी बोलेनौं। मलाई पनि नबोल्नुमा कुनै पछुतो लागेन यस पटक।

गाडी अचानक रोकियो खाजाको लागि। ऊ र म सँगै ओर्लियौं।

मैले भोड्का अर्डर गरेँ। 

'आज एकदिन नखाए हुँदैन?' मैले एकछिनसम्म कुनै जवाफ नदिएपछि उसले फेरि भनी, 'थोरै खानुहोस् है!'

अचम्म लाग्यो, उसले किन केयर गर्दै छे? मलाई धेरै गाह्रो लाग्यो उसको अगाडि पिउन।

उसलाई सोधिहालेँ, 'जटिलतालाई कसरी चिर्न सकिन्छ? तपाईँको अनुभव के बोल्छ यसमा?'

'तपाईँले समाइराको निट भोड्का जटिलता हो, त्यो गिलासको पानी अभ्यास हो। पानी थप्दै जाँदा हुने डाइलुसन सहजता हो', उसले मलाई छर्लंग पारिदिई।

म चटपटवाला खोज्न अघि बढेँ उसलाई केही नभनी, अरु केटी जस्तै उसले पनि चटपट मन पराउँछे भन्ने सोझो अड्कलका साथ।

लाग्यो, अड्कललाई दाबीमा परिणत गर्न सकियो भने जिन्दगी एकैछिन भए पनि कति सहज हुँदोरहेछ। 

चटपट फेला परेन कतै। फर्किएँ आफ्नै टेबलमा।

'कता जानुभाथ्यो?'

'चटपट लिन।'

'अनि खै ल्याउनुभएन त!'

'भेटिएन।'

'ऊ त्यहीँ त छ' भनेर मेरो पछाडि औंल्याई उसले।

पछाडि हेर्दा एउटी दिदीलाई देखेँ। अघि के भएछ मेरो आँखा, अचम्म लाग्यो। दिदीकहाँ गएँ। दुई ठाउँमा चटपट बनाउन भनेँ। दिदी भावुक देखिनुभयो। भावुकता प्रेमको असर जस्तो लाग्छ मलाई, युवा समयको प्रभाव।

'प्रेममा परे जस्तै भावुक हुनुहुन्छ त दिदी!'

'हो, राजेश र रतिका जस्तै असफल भयो हाम्रो प्रेम बाबू।'

अचम्म लाग्यो, मेरो प्रश्नप्रति सबै यसरी किन सहज भइरहेछन्? अनि को हुन् फेरि राजेश र रतिका भन्ने?

'ल भाइ, लिऊ चटपट। तर, आज चाहिँ पैसा दिनुपर्दैन ल।' 

'दिदीले पैसा किन नलिने भन्नुभयो?', अचम्म लागेर सोधेँ।

दिदीले ऊ त्यो बहिनीसँग सोध्नू भनेर स्मितातिर देखाउनुभयो। कतिबेला पैसा दिइसकिछ भन्ने लाग्यो।

दिदीसँग अरु बोल्न नपाउँदै बसले हर्न बजाइहाल्यो। हर्न हो कि 'डिस्टर्बेन्स बेल'! म चटपट लिएर फर्किँदा ऊ थिइन। सोचेँ, बसमा पसिसकिछ कति चाँडै। हुन त आम मान्छेभन्दा एक कदम अगाडि छे ऊ।

त्यो भोड्का एकै सटमा घुड्क्याएर बसमा गएँ। गाडी स्टार्ट भएर गुडिहाल्यो। एकछिनपछि फेरि गफ्फिन मन लाग्यो। भोड्काको असरले पनि धक फुकेको थियो। झ्यालतिर हेर्दा ऊ थिइन। एकाएक सबै नशा उत्रियो। 

उसको सिटमा एउटा पुस्तक थियो। पुस्तक पल्टाएँ। राजेश र रतिकाको प्रेम प्रसंगहरुबाट सुरु भयो। अघि चटपटवाली दिदीले उच्चारण गरेकै नाम। पानाहरु पल्टाउँदै गएँ।

म पुस्तकको अन्तिम कथासम्म पुगेथेँ, निदाउनु अगावै। 

सुदूरपश्चिम डडेल्धुराको राजेश ठकुरी र सुदूरपूर्व इलामकी रतिका राई। प्रेमले दूरीको हिसाब नगर्दो रहेछ। काठमाडौंमा इञ्जिनियरिङको तयारी कक्षाको दौरान उनीहरुको भेट भयो। एकदिन पानी परेको बेला राजेशले रतिकालाई रुझ्नबाट बचायो। बस्, यत्ति कारणले प्रेम जन्मियो। ससाना कुरामा त लुकेको हुँदो रहेछ प्रेम। 

निरन्तरको भेटघाट, सहयोग र गफगाफले प्रेम कतिबेला हुर्केर जवान भैसकेको थियो, दुवैलाई पत्तो भएन। मैले प्रेमका अरु कहानी पढ्दा जस्तो केही अलौकिकपना, कायापलट, आरोह-अवरोह जस्ता कुरा केही थिएन उनीहरुको प्रेममा। मन मिल्यो भने प्रेमका आधारहरु बलियो हुन जरुरी हुँदो रहेनछ। 

प्रेम आफ्नै लयमा चालिरहेको थियो। एकदिन केटीको घरमा बिहे गरिदिने कुरो चलेको रतिकाले राजेशलाई भनी। केटोले 'घरमा भन्यो भने परिवारले नस्विकार्ने, ठकुरी खान्दानमा उसलाई राईकी चेलीलाई कुनै पनि हालतमा भित्र्याउन नसकिने चेतावनी दिएको' सुनायो। 

भागेर जाने अनि केही समयपछि परिवारको रिस मत्थर भयो भने परिवारले बोलाउनेछ भन्ने सामान्य बुझाइका साथ उनीहरु काठमाडौंबाट नैनिताल जाने सुर कस्छन्। त्यसका लागि उनी महेन्द्रनगर जाने बस चढ्छन्।

कथामा राजेशले केटीको हात समाउँदै हुन्छ गाडी चढ्ने बेलामा। म अत्यन्त रोमाञ्चित भइहाल्छु र वरपर हेर्छु। रुपेश भाइ मुस्कुराइरहेको हुन्छ मतिर हेर्दै, मानौं मैले पढ्दै गरेको कथा उसलाई थाहा छ। कथाको असर कस्तो पर्‍यो भने, पल्लो लाइनको सिटमा कुर्था लगाएर एउटी केटी बसेकी हुन्छे र ऊ पनि कताकता रतिका जस्तै लाग्न थाल्छ। यसो झोँक चल्छ, यसलाई भगाएर नैनिताल पुर्‍याउनुपर्छ कि क्या हो! एकछिनपछि मेसो पाउँछु, उसको अगाडि एउटा केटो हुन्छ। सायद उनका पतिदेव। 

मैले एकोहोरो हेरिरहेको थाहा पाएपछि उसले आँखा तर्छे र छेउको सिटबाट झ्यालतिर सर्छे। 

क्या ठट्टा गर्छ यार जिन्दगीले पनि!

केही संकेत नभेटिएपछि म पुन: पुस्तकतर्फ फर्किन्छु। कथामा राजेशले प्रेमयात्रा सम्बन्धी डायरी लेखिरहेको थियो। अरु प्रसंग भने सामान्य थिए। 

ब्युँझिँदा महेन्द्रनगर पुगिसकेको हुन्छु। ओर्लिएर चिया पसल खोज्दै निस्कन्छु। करिब १० मिनेटपछि चिया पसल भेटिन्छ।

'अंकल, एउटा गज्जबको चिया बनाउनु त।'

अंकल एकछिनसम्म मौन बस्नुहुन्छ।

'अंकल, केही बोल्नुभएन त! चिया पाक्दैन?'

'बाबू, आज अलि तनाव छ मलाई।'

'कस्तो तनाव अंकल?'

'बाबू, आजभन्दा ठीक एक हप्ताअघि गाडी दुर्घटना भएको थियो। मेरो भतिजो रुपेश पनि त्यही गाडीमा खँलासी थियो बाबू।"

मैले आफू चढेको गाडीको रुपेशलाई सम्झिएर आत्तिँदै सोधेँ- 'गाडी नम्बर याद छ तपाईँलाई?'

'बाबू, ना ६ ख ७७..हो, किन याद नहुनु?'”

अंकललाई 'एकैछिनमा आउँछु है' भन्दै म हतार-हतार बसपार्कतिर लागेँ र काउन्टरमा गएर सोधेँ, "दाइ, ७७.. नम्बरको बस कता छ?'

काउन्टरको मानिसले बस नम्बर फेरि सोध्यो। मैले दोहोर्यानएँ।

'अरे भाइ, यो गाडी त एक हप्ताअघि दुर्घटनामा परेको थियो, अहिले कहाँबाट हुन्छ यहाँ?'

मेरो मथिंगलमा बेस्सरी कम्पन छुट्यो। सायद भर्खरैको स्मृतिले उब्जाएको कम्पन। केही सोच्नुभन्दा अगाडि नै आँखा हातको पुस्तकमा पुग्यो। पुस्तकको बाँकी अन्तिम कथा पल्टाएँ।मैले यी क्रियाकलाप यसरी गरिरहेको थिएँ, मानौं अचानक केही अज्ञात चेतनाले मलाई वशमा राखेर नियन्त्रित गरिरहेको छ। 

अन्तिम कथा पल्टाएँ-'तपाईँप्रति धेरै आभारी छु। तपाईँले अन्तिम कथासम्म पढ्नुभयो। प्रेमप्रति वफादार र भावनहरुलाई न्याय दिन सक्ने मान्छेले मात्र अन्तिमसम्म पढ्न सक्छ। तपाईंसँग केही सत्य कुरा गर्छु। हामी दुवैको नाम राजेश र रतिका होइन। गाडीमा यात्रा गर्दा सबैलाई थाहा हुन पुगेछ हाम्रो प्रेम। हामीले सबैलाई राजेश र रतिका भनेर परिचय गराएका थियौं। हाम्रो सिटभन्दा अगाडि एउटी दिदी थिइन्। चटपट बेच्थिन् धार्केमा। हामी दुईले गरेका कुरा उनले सबै सुनेकी थिइन्। उनले खुब जिस्क्याउँथिन् राजेश र रतिकाको प्रेम चक्कर भनेर। … …' मैले बाँकी कथा पढ्न सकिनँ।

सबै स्मृति उकुसमुकुस गरी आउन थाले। मगज अलि व्याकुल हुन थालेको थियो। म फेरि त्यो चिया पसलवाला अंकलकहाँ दौडिएँ। पसल बन्द थियो। फेरि बसपार्क फर्किन दौडिएँ। म यसरी दौडिरहेको थिएँ, मानौं पछाडिबाट कसैले तीव्र गतिमा लखेटिरहेको छ।

'ओए, किन यसरी दौडिँदै छस्?' मेरो अर्धचेतना गर्जियो।

'सायद स्मृतिहरु बाघ बनेर मलाई जरायो बनाएर लखेटिरहेछन्', मेरो चेतन मनले निकै निरीह पाराले उत्तर दियो। 

म बसपार्क आइपुगेँ। लागिरहेको थियो, मस्तिष्कलाई कोठा बनाएर एउटा नरमाइलो स्मृति, डर, कोठाभित्र कैद गरिएका छन्, त्यो पनि ताल्चा लगाएर। चाबी समयसँग हुँदो हो। विकल्प भनेको ताल्चा फोड्नु थियो। त्यसको लागि सबै बिर्सिन सक्नुपर्थ्यो। 

ताल्चा फोड्न खोज्दा ढोका नै फुट्यो भने? म निकै अत्तालिएको थिएँ। मेरो अगाडि थानकोटबाट चढेकी स्मिता, चटपटवाली सबै एकएक गरी कल्पनामा मलाई बिथोल्दै थिए। मुटु छामेँ। धड्कन बाहिरै सुनिँदै थियो।

मलाई लाग्यो, बसबारे विस्तृत बुझ्नुमा नै मन शान्त हुने आधारहरु छन् र सरासर टिकट काउन्टरतिर गएँ।

'दाइ, त्यो अस्ति एक हप्ताअघि दुर्घटना भएको बस कहाँ छ?'

'त्यो गाडीलाई अहिले मनहरा खोलाबाट किनारमा ल्याएर राखिएको छ, पुलनेर नै छ।'

उसले बताए अनुसार म बस हेर्न गएँ। बस क्षतविक्षत अवस्थामा थियो। नम्बरप्लेट धमिलो र सिटहरु कुच्चिएका। नम्बरप्लेट नजिकै पुगेर हेर्दा देखेँ- ना ६ ख ७७…। 

आत्तिन्छु। वरपर हेर्छु, कोही छैन। सन्नाटा। सायद केही अदृश्य शक्तिले यहाँ पुर्यााए झैं लाग्छ। दुर्घटनाग्रस्त बसभित्र छिर्छु। पूरै अन्धकार छ। हुन त दुर्घटना त्योभन्दा ठूलो अँध्यारो हो। 

यहाँसम्म कसरी आइपुगे? कल्पनामा केवल अँध्यारो छ। मस्तिष्क पूरै शून्य। जतातै शून्यता। मुटु अघिभन्दा जोडले धड्किरहेको छ। कम्तीमा म जीवितै छु भन्ने कुराको प्रमाण। एउटा सिटमा डायरी भेटिन्छ। डायरी पानीले पूरै भिजिसकेको हुन्छ। 

यताउति खोज्दै जाँदा एउटा सिटमुनि लकेट भेटिन्छ र फेरि डायरी ध्यानपूर्वक हेर्छु। लेखिएको हुन्छ- सन्दीप … प्रेम.त्रा। बीचका अक्षरहरु बुझिँदैनन्। फेरि लकेट हेर्छु। लकेटमा फोटो हुन्छ। मलाई त्यो फोटोले जम्मै कुरा याद दिलाउँछ। सायद स्मृतिमा यतिबेलासम्म पर्दा लागेको थियो या भनौं ताल्चा लागेको थियो र त्यो ताल्चा लकेटको फोटोले खोल्यो। 

स्मृतिहरु एकपछि अर्को तँछाडमछाड गर्दै आउँछन्। म पूरै चिच्याउँछु, रुन्छु, कराउँछु, बेस्सरी रुन्छु… ...।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०७५  ००:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्