काठमाडौं- अफगानिस्तानको सुरक्षा फौजले सैनिक कारबाहीको क्रममा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिएको दाबी गरेको छ।
अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार राति ट्वीट गर्दै सुरक्षा कारबाहीमा मारिएको बताएको हो। मस्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मोस्ट वान्टेड व्यक्तिको सूचीमा रहेका थिए।
उनीमाथि अमेरिकामा आतंकवादी क्रियाकलापमा संलग्न समूह र संगठनलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो।
घाज्नी प्रान्तमा अल कायदामाथि गरिएको विशेष कारबाहीमा मारिएका मस्री अल कायदाका दोस्रो नेता भएको बताइएको छ। उनी इजिप्टका नागरिक हुन्।
हुसाम अब्दुल रौफका नामले समेत चिनिने उनीविरुद्ध अमेरिकाले सन् २०१८ को डिसेम्बरमा पक्राउ पूर्जी जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।