एजेन्सी–अफगानिस्तानको एक निजी शैक्षिक संस्थामा भएको आत्मघाती आक्रमणमा १८ जना मारिएका छन्। शिया मुसलमानबहुल दस्त–ए–बार्ची क्षेत्रको उक्त भवनमा सयौं मानिस जम्मा भइरहेका बेला आक्रमण भएको हो। आक्रमणमा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ भने मृत्यु हुनेहरुको संख्या पनि बढ्ने अनुमान गरिएको छ।
इस्लामिक स्टेट (आइएस) ले सामाजिक सञ्जालमार्फत् आक्रमणको जिम्मेवारी लिएको छ।
गृह प्रवक्ता तारिक एरियनले आत्मघाती आक्रमणकारी उक्त भवनमा प्रवेश गर्ने प्रयास गरेको र सुरक्षाकर्मीले चिनेपछि ढोकैमा बिस्फोट गराएको बताएका छन्।
स्थानीय बासिन्दाका अनुसार मृत्यु हुनेमा भवनभित्र प्रवेश गर्न पर्खिरहेका विद्यार्थी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।