नयाँ दिल्ली- मुम्बईकाे सेवरीकाे एक अस्पतालका १४ दिनदेखि हराई रहेका काेराेना संक्रमितकाे लाश अस्पतालकाे शाैचालयमा भेटिएकाे छ। याे घटना सेवरीकाे टिबी अस्पतालकाे हाे। जहाँ २७ वर्षका टिबी पीडित युवक काेराेना संक्रमित भएपछि उपचारका क्रममा रहेका थिए। उनी १४ दिनदेखि बेपत्ता भएका थिए। विहृत मुम्बई महानगरपालिकालले याे घटनाकाे उच्चस्तरीय जाँचकाे आदेश गरेकाे छ।
उक्त वार्डमा काम गरिरहेका ४० कर्मचारीलाई महानगरले नाेटिस पठाएकाे छ। ब्लककाे शाैचालय नियमित सफाई हुने गर्छ। यस्ताेमा कसरी १४ दिनसम्म लाश शाैचालयमा रह्यो भन्ने प्रश्न उठेकाे छ। लाश नराम्राेसँग गलेकाे र गन्हाएकाे अवस्थामा भेटिएकाे थियाे। सुरुमा अस्पतालले शव पहिचान नै गर्न सकेकाे थिएन। अस्पताल प्रशासनले बिरामीकाे रेकर्ड फाइलबाट पत्ता लगाएकाे थियाे। लाश सुर्यभान यादवकाे थियाे। उनी अक्टुबर ४ देखि वार्डबाट हराएका थिए। अस्पतालका अधिक्षक डा ललितकुमार आनन्दीले टिबी बिरामी अस्पतालबाट भाग्नु सामान्य भएकाे बताए। यादव गाेरेगावकाे मेडिकल अधिकारीद्वारा रेफर गरेर आएका थिए। ३० सेप्टेम्बरमा उनी अस्पताल भर्ना भएका थिए। उनी उक्त समयमा काेराेना संक्रमित थिए।
यादवलाई पुरुष संक्रमित राख्न बनाइएकाे वार्डमा राखिएकाे थियाे। उनी चार अक्टुबरमा शाैचालय गएकाे तर श्वास फेर्न नसकेर बेहाेस भएकाे अस्पताल प्रशासनकाे तर्क छ। अस्पताल प्रशासनले लाशबाट गन्ध नआउँदासम्म थाहा नभएकाे र १८ अक्टूबरमा एक वार्डमा रहेका वार्ड ब्वाईलाई गन्हाएपछि खाेजी गर्दा लाश भेटिएपछि प्रहरीलाई खबर गरिएकाे थियाे। याे विषयमा नगर र प्रहरीले अनुसन्धान गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।