काठमाडौं–दसैंमा घर लिप्ने माटो खन्न गएका दुई महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ। दुई जना गम्भीर घाइते छन्।
जाजरकोटको छेडागाड–३ दशेरा चुवाकी ३० वर्षीया सितला जैसी र १६ वर्षीय आरती दाहालको ढिस्कोले पुरिएर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घाईते दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
स्थानीय सरिता जैसी र धनसरी चनारा घाइते भएका छन्। घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएको छ।
घर लिप्ने माटो खन्ने क्रममा ढिस्को खस्दा चारजना महिला पुरिएका थिए। तत्काल स्थानीयले सबैको जीवितै उद्धार गरे पनि हेलिकप्टर पर्खँदा पर्खँदै दुई जनाको मृत्युु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।