काठमाडौं- अमेरिकामा राष्ट्रपति चुनाव आउन अब दस दिन बाँकी रहेको छ। तर चुनावको मुख्य दिन नोभेम्बर ३ आउनु अगाडि नै झण्डै ५० मिलियन बढी अमेरिकनले मतदान गरिसकेका छन्। उनीहरुले हुलाकमार्फत मतपत्र पठाएर र अर्ली भोटिङमा उपस्थित भएर मतदान गरेका हुन्।
अमेरिकामा चुनावको दिनमा उपस्थित हुन नसक्नेहरुले हुलाकबाट मतपत्र पठाएर र अर्ली भोटिङमा उपस्थित भएर मतदान गर्नसक्ने प्रावधान रहेको छ।
कोरोनाको महामारीका कारण यसपटक ठूलो संख्यामा अमेरिकनले हुलाकबाट मतपत्र मगाएर मतदान गरेका छन्। जसका कारण चुनावको नतिजा आउन कैयन दिन लाग्ने अनुमान गरिएको छ।
पछिल्लो तथ्यांक अनुसार ४ करोड ९३ लाख १३ हजार ८ सय ९७ जनाले मतदान गरिसकेका छन्। जसमध्ये ३ करोड ४८ लाख ६१ हजार १ सय ६८ जनाले हुलाकबाट मतपत्र मगाएर मतदान गरेका छन्। अन्य १ करोड ४४ लाख ५२ हजार ७ सय २९ जनाले अर्ली भोटिङ गरेका छन्।
टेक्सासमा सबैभन्दा धेरै झण्डै ५९ लाखले मतदान गरिसकेका छन्। उनीहरुमध्ये झण्डै साढे ५१ लाखले अर्ली भोटिङ र झण्डै साढे ७ लाखले हुलाकबाट मतपत्र मगाएर मतदान गरेका छन्। टेक्सासमा अक्टोबर १३ देखि नै अर्ली भोटिङ सुरु भएको छ। टेक्साससँग ३८ इलेक्टोरल कलेज भोट रहेको छ। टेक्सासमा झण्डै १ करोड १६ लाख मतदाताहरु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।