• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

९ अर्ब थान अन्तःशुल्क स्टिकर छपाइको काम विदेशीलाई, ढोकाको सुरक्षा गर्ने जिम्मा नेपालीलाई

64x64
सविन मिश्र बिहीबार, कात्तिक ६, २०७७  १७:१८
1140x725

काठमाडौं- आन्तरिक राजस्व विभागले अन्तःशुल्क स्टिकर छपाइको जिम्मा विदेशी कम्पनीलाई र अन्तःशुल्क लाग्ने वस्तु भण्डारणको गोदामको ढोकाको सुरक्षा (डोर लक)को जिम्मा नेपाली कम्पनीलाई दिने गरी ठेक्का लगाउने भएको छ। विभागले ९ अर्ब थान स्टिकर विदेशी कम्पनीबाट खरिद गर्ने गरी ठेक्का आह्वान गरेको छ भने अन्तःशुल्क लाग्ने वस्तु भण्डारणस्थलको सुरक्षा गर्ने जिम्मा नेपाली कम्पनीलाई दिने गरी बोलपत्र आह्वान गरेको छ। 

विभागले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ९ अर्ब थान स्टिकर किन्ने गरी बोलपत्रको सूचना प्रकाशित गरेको छ। यो खरिदका लागि विभागले करिब २ अर्ब रूपैयाँ भुक्तानी गर्नेछ। नेपाली कम्पनीहरूलाई डोर लकका लागि गराइएको प्रतिस्पर्धाको काममको मूल्य करिब ५० लाख रूपैयाँ बराबरको हुनेछ। 

विभागले गत वर्षबाट सुरु गरेको खरिद प्रक्रिया बीचमा रद्द भएको थियो। नयाँ थालिएको प्रक्रियाअनुसार खरिद गर्ने स्टिकरको संख्या १५ प्रतिशतले बढाइएको हो। गत वर्ष ७ अर्ब ८५ करोड थान स्टिकर किन्न सूचना आह्वान गरिएको थियो। गत वर्षको प्रक्रियाबाट छनोट भएको इन्डोनेसियाली कम्पनी पेरुम पेरुरीले सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार धरौटी राख्न अस्वीकार गरेपछि ठेक्का रद्द गरेर नयाँ प्रक्रिया अघि बढाइएको हो। 

अन्तःशुल्कको ठेक्कामा पहिलोपटक नेपालीलाई समावेश
गत वर्ष अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट स्टिकर खरिदको प्रक्रिया अघि बढाइएपछि स्वदेशी कम्पनीलाई प्रतिस्पर्धाको अवसरबाट बञ्चित गराइएको भन्दै मिराज प्रिन्टिङ सोलुसन्सका तर्फबाट मनोहरराज घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यो रिटको अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणासहितको इजलाशले अर्कोपटक ठेक्का लगाउँदा स्वदेशी कम्पनीको क्षमता मूल्यांकन गरी प्रतिस्पर्धाको अवसरबाट बञ्चित नगराउन आदेश दिएको थियो। 

आन्तरिक राजस्व विभागले केही समयअघि सुरक्षण मुद्रणको काम गर्न इच्छुक नेपाली कम्पनीको क्षमता मूल्यांकन गरेको थियो। विभागकी उपमहानिर्देशक शिवादेवी दाहाल संयोजकत्वको समितिले तत्काल स्वदेशी कम्पनीले स्टिकर छपाइको काम गर्न नसक्ने निष्कर्ष निकालेको थियो। 

यो पनि पढ्नुहोस्

स्वदेशी कम्पनीबाट तत्काल अन्त:शुल्क स्टिकर छपाइ गर्न नसकिने सरकारको निष्कर्षशुक्रबार, असोज २३, २०७७

विभागले सुरक्षण मुद्रणको काम गर्न नेपाली कम्पनी योग्य नरहेको निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नै अन्तःशुल्क स्टिकर छपाइ गर्न बोलपत्र आह्वान गरेको हो। 'नेपाली कम्पनीहरूको प्राविधिक क्षमता नै नपुग्ने हाम्रो अध्ययनले देखाएको छ,' समितिमा बसेका एक अधिकारीले भने। दाहाल नेतृत्वको समितिमा प्रधानमन्त्री कार्यालय, उद्योग मन्त्रालय, सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि थिए। 

विभागले स्टिकर छपाइको काम नदिए पनि डोर लकको काम भने नेपाली कम्पनीलाई दिने गरी सूचना प्रकाशित गरेको छ। अन्तःशुल्क लाग्ने वस्तुको भौतिक सूरक्षाका लागि प्रयोग हुने डोर लकका लागि स्वदेशी प्रतिस्पर्धा गराइएको हो। 'सर्वोच्च अदालतले स्वदेशी कम्पनीलाई प्रतिस्पर्धाको अवसर दिनु भनेको छ, त्यसैअनुसार हामीले उनीहरूको क्षमता विकासका लागि सानो काम दिएका छौँ,' विभागका एक पदाधिकारीले भने।

यो पनि पढ्नुहोस्

 

Ncell 2
Ncell 2
nimb
nimb
अन्तःशुल्क स्टिकर खरिद : कमसल स्टिकर किन्न लेखा समितिको दबाबमंगलबार, कात्तिक १९, २०७६

विभागले पहिलो चरणमा नै स्टिकर खरिदको काम नेपाली कम्पनीलाई नदिनुको मुख्य कारण भने उनीहरूमाथिको अविश्वास रहेको अर्थ मन्त्रालय स्रोत दावी गर्छ। 'नेपाली कम्पनीहरूलाई छपाइको काम दिँदा भोलि नकक्ली स्टिकर छपाइ हुने र त्यसबाट राजस्व चुहावट हुने जोखिम छ,' मन्त्रालयक ती अधिकारी भन्छन्, 'उनीहरूले क्षमता छ भने पनि सरकारले विश्वास गर्न सकेको छैन।' 

विभागले प्रकाशित गरेको ठेक्काको सूचनामा सुरक्षणम मुद्रणको मान्यताप्राप्त आइएसओ १४२९८ वा इन्टरग्राफ मान्यताप्राप्त कम्पनीले प्रतिस्पर्धा गर्न सक्ने उल्लेख छ। यसअघिको सूचनामा इन्टरग्राफको मान्यताप्राप्त कम्पनीमात्रै प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था छ। आइएसओ मान्यताप्राप्त कम्पनीलाई प्रतिस्पर्धाको अवसर नदिइएको र इन्टरग्राफ मान्यताप्राप्त कम्पनीलाई मात्रै प्रतिस्पर्धा गर्न दिँदा त्यसको विरोध भएको थियो। 

अन्तःशुल्क स्टिकर छपाइको काम नेपाली कम्पनीलाई दिनुपर्ने माग मुद्रण संघले पनि गरेको थियो। संघले विभागलाई ज्ञापनपत्र नै बुझाएर छपाइको काम नेपाली कम्पनीलाई दिन माग गरेको थियो। त्यसैगरी नेपाली कम्पनीहरू मिराज प्रिन्टिङ सोलुसन्स, समा प्रिन्टर्स, स्प्रिन्ट प्रिन्टर्स र एरोल प्रिन्टर्सले आफूहरूले चेक तथा रिचार्ज कार्ड छपाइ गरिरहेकाले अन्तःशुल्क स्टिकर छपाइको जिम्मा पनि दिनुपर्ने माग गर्दै आएका छन्। 

नेपालमा कुनै पनि निजी कम्पनीलाई सरकारले सुरक्षण मुद्रण उद्योगको मान्यता दिएको छैन। सुरक्षण मुद्रण सम्बन्धी कानुन बनाउन त्यसको विधयेक संसदमा पुर्‍याइएको छ। गत वर्ष स्टिकर छपाइको कामका लागि प्रतिस्पर्धाको अवसर नदिएको भन्दै उद्योगीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समितिदेखि सर्वोच्च अदालतसम्म धाएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

अन्त:शुल्क स्टिकर खरिदको गोलचक्कर : भण्डारण सकियो, के गर्ने अझै अन्याेलआइतबार, असार २८, २०७७

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ... मंगलबार, कात्तिक १०, २०८३
हुम्लामा चार करोड खसीको व्यापार हुम्लामा चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामा... मंगलबार, कात्तिक १०, २०८३
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्