• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अन्तशुल्क स्टिकर खरिदको गोलचक्कर : भण्डारण सकियो, के गर्ने अझै अन्याेल

विभागले ठेक्का प्रक्रिया रद्द गरेर सजिलो बाटो रोज्यो तर खरिद प्रक्रिया फेरि शून्यमा आइपुग्यो
64x64
सविन मिश्र आइतबार, असार २८, २०७७  ०८:१३
1140x725

काठमाडौं-अन्तशुल्क स्टिकरको भण्डारण रित्तिन थालेको छ। आन्तरिक राजस्व विभागले नयाँ स्टिकर खरिद प्रक्रिया टुंगो लगाउन सकेको छैन भने पुराना स्टिकर पनि सकिन लागेका छन्। 

आन्तरिक राजस्व विभागले सुरु गरेको खरिद प्रक्रिया प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति र सर्वोच्च अदालत हुँदै फेरि विभागकै काँधमा आइपुगेको छ। 'स्टिकरको भण्डारण कम हुँदै गएको सत्य हो, हामी विभिन्न विकल्पमा काम गरिरहेका छौँ,' अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले भने। 

अन्तशुल्क स्टिकर अभावमा अन्तशुल्क लाग्ने वस्तु उत्पादन तथा आयात रोक्नुपर्ने अवस्था आएमा त्यो लज्जास्पद र गैरजिम्मेवार काम हुने अर्थ मन्त्रालयकै अधिकारीहरू बताउँछन्। मुलुकको कूल राजस्वमा १८ देखि २० प्रतिशत हिस्सा ओगट्ने अन्तशुल्क असुली स्टिकर अभावकै कारण रोकिन पुगे सरकारमाथि थप स्रोतको दबाब पनि बढ्नेछ। 

१० महिनासम्म रुमल्लिपछि शून्यमा झर्‍यो प्रक्रिया

२०७६ असोज १३ गते विभागले अन्तशुल्क स्टिकर खरिदको टेण्डर आव्हान गर्‍यो। यही प्रतिस्पर्धाबाट छनाेट भएको इन्डोनेसियाको सरकारी कम्पनी पेरुम पेरुरीले काम नगर्ने भन्दै ठेक्का सम्झौता गर्न अस्वीकार गरेपछि विभाग झन् अफ्ठ्यारोमा परेको छ। 

पेरुम पेरुरी बाहिरिएपछि ७ अर्ब ८५ करोड थान स्टिकर खरिद प्रक्रिया के गर्ने भन्ने विषयमा विभागसँग दुईवटा विकल्प थिए। पहिलो- प्रतिस्पर्धामा दोस्रो भएको कम्पनीलाई ठेक्का दिने, दोस्रो-ठेक्का प्रक्रिया रद्द गर्ने। 

विभागले दोस्रो प्रक्रिया रोज्यो। अर्थात् ठेक्का प्रक्रिया रद्द गरियो। 

यो निर्णयको विरुद्ध प्रतिस्पर्धामा दोस्रो भएको लिथुवानियाली कम्पनीका नेपाली एजेन्ट सर्वोच्च अदालत गए। सर्वोच्चले निवेदकको मागअनुसार अन्तरिम आदेश दिएन। विभागलाई आफ्नो निर्णयमा अघि बढ्ने बाटो खुल्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

विभाग आफ्नो निर्णयमा अघि बढ्न त पायो तर प्रक्रिया फेरि सुरुको विन्दू अर्थात् शून्यमा झर्‍यो। 

पेरुम पेरुरीले करिब १ अर्ब २४ करोड रूपैयाँ (१ करोड ४ लाख अमेरिकी डलर)मा स्टिकर आपूर्ति गर्ने गरी कबोल गरेको थियो। दोस्रो कम्पनीले योभन्दा ८८ करोड रूपैयाँ धेरै अर्थात् २ अर्ब १२ करोड रूपैयाँ कबोल गरेको थियो। ८८ करोड रूपैयाँ धेरै कबोल गरेको कम्पनीलाई ठेक्का दिँदा विवादमा फस्ने डरले विभागका महानिर्देशक विनोदबहादुर कुँवरले ठेक्का प्रक्रिया नै रद्द गरिदिएका छन्। 

अदालतको निर्देशनात्मक आदेश

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट स्टिकर किन्न खोजिएकोमा नेपाली कम्पनी मिराज प्रिन्टिङ सोलुसन्सले आन्तरिक प्रतिस्पर्धा गराउनुपर्ने माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दियो। प्रधानमन्त्री कार्यालय र अख्तियारले स्वदेशीलाई प्रतिस्पर्धामा सहभागी गराउन सुझाव दिए पनि सुरक्षण मुद्रणसम्बन्धी मापदण्ड पुरा नभएको भन्दै विभागले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाटै स्टिकर किन्ने निधो गर्‍यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर मिराज प्रिन्टिङ सोलुसन्सका निर्देशक मनोहरराज घिमिरे अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले आफूलाई नटेरेपछि संसदको सार्वजनिक लेखा समिति र सर्वोच्च अदालत पुगे। लेखा समितिले खरिद प्रक्रियाको प्रतिस्पर्धामा स्वदेशी कम्पनीलाई भाग लिने वातावरण बनाउन निर्देशन दियो भने सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गर्दै स्वदेशी कम्पनीको क्षमता परीक्षण गर्न र खरिद प्रक्रियामा सहभागी गराउन भन्यो। 

सर्वोच्च अदालतले आफ्नो फैसलाको पूर्ण पाठमा लेखेको छ, 'नेपाली कम्पनी तथा उद्योगहरूले सार्वजनिक निकायको मागबमोजिमको सेवा आपूर्ति गर्न सक्ने/नसक्ने सम्बन्धमा विस्तृत अध्ययन अनुसन्धान गरी नेपाली उद्यमीहरूलाई आफ्नो योग्यता प्रदर्शन गर्न सक्ने वातावरण सिर्जना गर्नू।' 

अदालतको यस निर्देशनअनुसार सरकारी निकायले नेपालमा सुरक्षण छपाइसम्बन्धी काम गरिरहेका उद्योगहरूको प्राविधिक क्षमता मूल्यांकन् गर्नुपर्ने हो। तर स्टिकरको भण्डारण रित्तिन लागेको र नयाँ स्टिकर कसरी खरिद गर्ने भन्ने अन्याेल कायमै रहे पनि नेपाली उद्योगको क्षमता मूल्यांकन कसरी गर्ने र कसले गर्ने अहिलेसम्म यकिन भएको छैन। 

मिराजका निर्देशक घिमिरे सरकारले सर्वोच्च अदालतको आदेशबमोजिम आफूहरूको क्षमता मूल्यांकन गरी काम दिनुपर्ने बताउँछन्। 'नेपालमा सुरक्षण मुद्रणका काम गरिरहेका जति पनि उद्योग छन् उनीहरूको क्षमता मूल्यांकन गरी काम दिनुपर्छ, अदालतको आदेशको मर्म पनि यही हो,' उनले भने।

कसले गर्ने क्षमता मूल्यांकन?

आन्तरिक राजस्व विभाग स्वदेशी उद्योगको क्षमता परीक्षण गर्ने दायित्व आफ्नो नभएको बताउँछ। सरकारले प्राविधिक टोली गठन गरी स्वदेशी उद्योगको क्षमता मूल्यांकन गर्नुपर्ने र त्यसैका आधारमा उनीहरूले अन्तशुल्क स्टिकर छाप्न सक्ने/नसक्ने टुंगो लगाउनुपर्ने विभागका अधिकारीहरू बताउँछन्। 

'सर्वोच्चको आदेश कार्यान्वयन गरेर अघि बढ्नका लागि उद्योगको क्षमता परीक्षणको काम हुनुपर्छ, त्यो काम विभागबाट संभव छैन,' विभागका अधिकारीहरू भन्छन्, 'स्वदेशी उद्योगले हाम्रो क्षमता छ भनेका छन्, अदालतले पनि आदेश दिएको छ, यस्तो अवस्थामा उनीहरूको मूल्यांकन उच्च तहबाट हुँदा राम्रो हुन्थ्यो।'

'जनक शिक्षाको क्षमता नै देखिएन'

अन्त:शुल्क स्टिकरको छोटो बाटोबाट खरिद गर्न विभागले जनक शिक्षा सामग्री केन्द्रसँग छलफल अघि बढायो। सार्वजनिक खरिद ऐनको दफा ४१ बमोजिम सार्वजनिक निकायबाट सोझै खरिदका लागि विभागले केन्द्रसँग छलफल गरेको थियो। 

जनक शिक्षासँग छलफलमा रहेका विभागका अधिकारीहरू 'यो बाटोबाट पार नलाग्ने' निस्कर्षमा छन्। अर्थात् जनक शिक्षाले गुणस्तरीय स्टिकर दिन नसक्ने उनीहरूको ठहर छ। 'पहिले पनि स्वदेशमा छपाइ गरेकै हो, तर त्यो बाटोबाट हामी अघि बढ्न सक्दैनौँ भन्ने भएपछि विदेशी कम्पनीबाट खरिद गर्नुपरेको हो,' विभागका ती अधिकारीले भने, 'अहिले पनि अवस्था उस्तै छ, त्यसो भएकाले छिटो प्रक्रियामा जानु नै बुद्धिमानी हुनेछ।' 

जनक शिक्षाले एकातिर सुरक्षण मुद्रणको काम गर्न नसक्ने र अर्कोतिर छापेका स्टिकर अत्याधुनिक प्रविधिबाट वस्तुमा टाँस गर्न सक्ने गरी प्राविधिक व्यवस्थापन गर्न नसक्ने आन्तरिक राजस्व विभागका अधिकारीहरू नै बताउँछन्। गुणस्तरीय स्टिकर छपाइका लागि चाहिने भिडिपी र फ्लेक्सो मेसिनजस्ता उपकरण पनि केन्द्रसँग छैन। 

नेपालमा केही कम्पनीहरूले मोबाइलको रिचार्ज कार्ड र बैंक चेक छपाइ गर्दै आएका छन्। ती कम्पनीहरू अन्तशुल्क स्टिकर आफैँ छाप्न सक्ने दाबी गर्छन्। सरकारी छपाइ कम्पनी जनक शिक्षाले प्रश्नपत्र तथा निर्वाचनका मतपत्रको छपाइ गर्दै आएको छ। 
 

प्रकाशित मिति: आइतबार, असार २८, २०७७  ०८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ... मंगलबार, कात्तिक १०, २०८३
हुम्लामा चार करोड खसीको व्यापार हुम्लामा चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामा... मंगलबार, कात्तिक १०, २०८३
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्