न्यूयोर्क- न्युयाेर्क टाइम्समा प्रकाशित एक रिपाेर्टका अनुसार अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले आफ्नो बैँक खाता चिनियाँ बैँकमा भएकाे स्वीकार गरेका छन्।
याे खातामार्फत् ट्रम्पले इन्टरनेशनल हाेटलकाे म्यानेजमेन्ट नियन्त्रण गर्ने गर्दछन्। सन् २०१३ देखि २०१५ का बीचमा उक्त बैँक खाताबाट स्थानीय करकाे भुक्तानी गरिएकाे थियाे। ट्रम्पका प्रवक्ताका अनुसार एसियामा हाेटल उद्योगसँग जाेडिएका सम्झाैताका लागि उक्त खाता खाेलिएकाे दाबी गरे।
ट्रम्प चीनमा व्यापार गर्ने अमेरिकी कम्पनीकाे आलाेचना गर्दै आएका छन्। उनले चीनविरूद्व व्यापारीक युद्धसमेत छेडेका छन्। न्युयाेर्क टाइम्सले उनकाे ट्याक्स र बैँक खाताबारे खुलासा गर्दै एक रिपोर्ट प्रकाशित गरेको थियाे। जसमा उनकाे व्यक्तिगत विवरण, कम्पनी र अन्य वित्तीय विवरण रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।