काठमाडौं–२०७२ बैशाखको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त धरहरा पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ।
पुनर्निमाणको काम रमन कन्स्ट्रक्सनले गरिरहेको छ। अहिलेसम्म धरहराको १६ औं तला ढलानको काम सकिइसकेको छ भने बुधबार नै १७ औं तलाको ढलान हुँदैछ।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बुधबार १७ औं तला ढलान हुने जानकारी दिएका हुन्। साथै बाँकी रहेको ५ तलाको ढलान पुस महिनाभित्रै सकिने उनले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।