काठमाडौं–पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन भएको छ। २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ताम्रपत्र अनावरण गरी आज उद्घाटन गरेकी हुन्। त्यसअवसरमा राष्ट्रपतिले नेपाल तथा भारतका विभिन्न तीर्थस्थलहरुबाट ल्याइएको जल रानीपोखरीमा चढाएकी थिइन्।
राष्ट्रपतिले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा प्राणप्रतिष्ठा पुजा गरेकी थिइन्। कार्यक्रममा प्रधानमन्त्री केपी ओलीसमेत सहभागी थिए।
२०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्टपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन्।
उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले यस पटकको भाइटीकामा भक्तजनले दर्शन गर्न पाउने बताए।
गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ।
तस्बिर : निमेषजंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।