काठमाडौं–काठमाडौंसँगै जोडिएको भक्तपुरमा हाल कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ८९ जना पुगेको छ। यीमध्ये महिला २०१७ र पुरुष २६७२ संक्रमित छन्। काठमाडौंमा ४७ हजार नजिक पुग्दा भक्तपुरमा भने न्युन मात्रामा संक्रमित भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको कात्तिक ३ गतेसम्मको तथ्यांकअनुसार ५१ जना संक्रमितको ज्यान गएको छ।
संक्रमितमध्ये १७ सय ६७ जना होम आइसोलेसनमा रहेका छन्। तिनमा महिला ७ सय ९७ र पुरुष ९ सय ७० छन्। अस्पतालमा २ सय ९२ संक्रमित रहेका छन्। अस्पतालमा ३३२ जना अस्पतालमा छन्। उनीहरुमध्ये महिला १२५ र पुरुष २०७ छन्।
हालसम्म ५१ संक्रमतिको मृत्यु भएको छ। यसरी मृत्यु हुनेमा महिला १६ र पुरुष ३५ छन्। जिल्ला स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले भक्तपुुरका सबै स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङदेखि बिरामीको अवस्थासम्म अनुगमन गर्ने गरेको बताए। अधिकांश संक्रमितहरुमा लक्षण नभएको अवस्थामा होम आइसोलेनमा राखिएको उनले बताए।
लक्षण देखिएका र जोखिमको उमेर समूहका संक्रमितहरुलाई भने अस्पतालमा राखेर उपचार गर्ने गरिएको छ। भक्तपुरमा १३ वटा अस्पतालले संक्रमितहरुको उपचार गरिरहेको उनले बताए।
प्रशस्त बेड र भेन्टिलेटर
भक्तपुरका १३ अस्पतालले कोरोना संक्रमितका लागि बेड छुट्याएकाले बेड अभाव नरहेको उनले बताए। १३ अस्पतालका १ सय ६८ बेड कोरोनाका लागि बनाइएका छन्। तीमध्ये ३१ बेडमा संक्रमित रहेका छन्। भेन्टिलेटर १२ र आइसीयु १९ वटा छन्। तीमध्ये ५ वटा आइसीयु बेडमा उपचार भइरहेको छ। त्यस्तै ७ वटा आइसोलेसन पनि बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको छ।
खरिपाटी, कृषि तालिम केन्द्र, तेलकोट खानेपानी, सैनिक स्कुल, सैनिक ब्यारेक गरी ७ सय ३ आइसोलेसन बेड रहेका छन्। जसमा ३ सय ६० जनालाई राखिएको छ।
भक्तपुरमा संक्रिय संक्रमित पुष्टि
भक्तपुर नगरपालिका : ४१६ (महिला : १२, पुरुष : ४०४ )
चागुनारायाण नगरापालिका : २०९ (महिला : ९३, पुरुष : ११६ )
मध्यपुर थिमी नगरपालिका : ६८५ (महिला : २८९, पुरुष : ३९६ )
सुर्यविनायक नगरपालिका : ७०३ (महिला : ३०२, पुरुष : ४०१)
अन्य : ८६
कुल संक्रमित
भक्तपुर नगरपालिका : ११२५
चागुनारायाण नगरापालिका : ४२२
मध्यपुर थिमी नगरपालिका : १५३७
सुर्यविनायक नगरपालिका : ११९८
जम्मा : ४३५८ (महिला : १८९६, पुरुष ः २४६२ )
निको भएका
भक्तपुर नगरपालिका : ७०६
चागुनारायाण नगरपालिका : २३१
मध्यपुर थिमी नगरपालिका : ९०१
सुर्यविनायक नगरपालिका : ५३४
जम्मा : २३६७ (महिला : १०३०, पुरुष : १३३७ )
मृत्यु
भक्तपुर नगरपालिका : २०
चाँगुनारायण नगरापालिका : १
मध्यपुर थिमी नगरपालिका : १८
सूर्यविनायक नगरपालिका : ८
जम्मा : ४७ (महिला : १३, पुरुष : ३४)
होम आइसोलेसनमा
भक्तपुर नगरपालिका : ३१६
चागुनारायाण नगरपालिका : १६२
मध्यपुर थिमी नगरपालिका : ५०९
सुर्यविनायक नगरपालिका : ५६९
अन्य : ४६
जम्मा : १६३२ (महिला : ७४३ , पुरुष : ८८९ )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।