वालिङ-स्याङ्जास्थित वालिङ नगरपालिकाले कोरोना उपचार नि:शुल्क हुने जनाएको छ। सरकारले अशक्त, विपन्न, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी बाहेकको उपचार गर्न नसकिने निर्णय गरे पनि नि:शुल्क उपचारलाई वालिङ नगरपालिकाले निरन्तरता दिने भएको हो।
स्वास्थ्य उपचार संविधानप्रदत्त नागरिकको अधिकार भएको उल्लेख गर्दै मेयर दिलिपप्रताप खाँडले भने, 'काेभिड-१९ संक्रमितको उपचार अहिलेसम्म नि:शुल्क गर्दै आएका थियौं। अब पनि गर्छौ।'
नगरपालिकामा पर्याप्त पिसीआर किट भएको उनले जानकारी दिए। स्थानीय सरकार आफ्नो दायित्व बाट नचुक्ने खाँडले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।