काठमाडौं-जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह गरेको छ।
कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकाले व्यक्तिगत तथा सामूहिक रूपमा सचेतता अपनाएर जो जहाँ भएकाे अवस्था छ सोही ठाउँमा रहेर चाडबाड मनाउन प्रशासनले आग्रह गरेको हो।
अतिआवश्यक परेमा घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सूचना निकालेर आग्रह गरेका हुन्। निस्कन परेमा स्वास्थ्य मापदण्ड पालना गर्न भनिएकाे छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।