काठमाडौं- लोक सेवा आयोगले कार्तीक १६ गतेदेखि संचालन गर्ने भनेका सबै परीक्षा स्थगित गरेको छ। आयोगले सोमबार एक सूचना जारी गर्दै सबै परीक्षा स्थगित गरेको जनाएको छ।
आयोगका कर्मचारीहरु कोरोनाबाट सङ्क्रमित भई आइसोलेसनमा बस्नुपरेको कारण परीक्षा व्यवस्थापन गर्न नसकिने आयोगको भनाइ छ। कर्मचारी आइसोलेसनमा बसेपछि परीक्षा संचालन कठिन भएकाले निजामती सेवा र सुरक्षा निकायतर्फका लिखित परीक्षाका कार्यक्रम अर्काे सूचना जारी नभएसम्म स्थगित भएका हुन्।
लोकसेवा आयोगले केही दिनअघि परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै कोरोना सङ्क्रमितले परीक्षा दिन नपाउने गरी मापदण्ड निर्धारण गरेको थियो। सो विषयमा सर्वाेच्च अदालतमा रिट परेपछि सर्वोच्चले कोरोना सङ्क्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था गर्न आदेश दिएको थियो।
कर्मचारी आइसोलेसन बस्नुपर्ने भएकाले परीक्षा स्थगित गरिएको सूचना आयोगले जारी गरेपनि सर्वोच्चको आदेश अनुसार स्थगित भएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।